एचकेनेपाल डट कम संवाददाता-
काठमाडौं, ९ पौष । अन्तर्राष्ट्रिय अनलाईन साहित्य प्रतियोगिता २०१२ का विजेता हुने साहित्य स्रष्टाहरुलाई ह्वाइट जोन नेपालले पुरस्कृत गरेको छ।

सोमवार रिपोर्टर्स क्लब नेपालमा एक कार्यक्रम गरेर प्रतियोगितमा प्रथम हुने भावना परिस्कृत सुनुवार, दोस्रो श्रीजंग राई, तेस्रो हुने विना तामाङ र चेत भट्टराईलाई क्रमशः ५ सय , ३ सय र १–१ सय डलर रुपैयासहित ताम्रपत्र दिएर पुरस्कृत गरिएको छ।

प्रतियोगिता सामाजिक सञ्जाल फेस बुकमार्फत सञ्चालन गरिएको थियो । जसमा सुनुवारको जात शिर्षकको कविता प्रथम, श्रीजंगको नेपाल गाथा शिर्षको लघु कथा दोस्रो, तामाङको दिलमाया शिर्षकको कविता तेस्रो भएको थियो।

पुरस्कार समारोहका प्रमुख अतिथि डा. कृष्णहरि बरालले साहित्य स्रष्टाहरुलाई पुरस्कृत गर्दै साहित्यको उत्थानको लागि सूचना प्रविधीको प्रयोग अपरिहार्य बनेको भन्दै पछिल्लो समयमा अपराधको गढ बनेको भनि आलोचना खेपिरहेको फेसबुकबाट साहित्यको सृजनालाई प्रस्फुटन गराउन पहल गर्नु सकारात्मक भएको बताए।

आयोजक ह्वाईट जोन नेपालका महासचिव अनुप तिमल्सिनाले नेपाली साहित्यलाई विश्वभर फैलाउन र विश्वमा छरिएका नेपालीलाई नेपाली साहित्यसँग जोडने उद्देश्यले आफूहरुले प्रतियोगिताको आयोजना गरेको जानकारी दिदै भविष्यमा यसलाई निरन्तरता दिने प्रतिबद्धता ब्यक्त गरे।

Join Us:
YouTube: http://www.youtube.com/HKNepal
Like Facebook Fan Page: http://alturl.com/uvemh
Twitter: http://alturl.com/ffko4
Google+: http://alturl.com/fsu8b

हामीसंगै रहनको लागिः फेसबुक | ट्विटर | गुगल प्लस