एचकेनेपाल डट कम संवाददाता –
पोखरा, २१ फागुन । राष्ट्रिय जनमोर्चाको आह्वानमा आइतवार गण्डकी र धौलागिरी अञ्चल बन्द भएको छ।
बन्दका कारण गण्डकी र धौलागिरी अञ्चलका धेरै जसो ठाउंहरूमा सवारी साधन चल्न सकेका छैनन्। जनमोर्चाले तोकिएको समयमा संविधान निर्माण, संघीयताको खारेजी र स्थानीय निकायमा शीघ्र चुनावको माग गर्दै बन्द आह्वान गरेको हो।
शुक्रवार र शनिवार जिल्ला सम्मेलन सम्पन्न गरेको जनमोर्चाले आइतवार गण्डकी र धौलागिरी अञ्चल बन्दको आह्वान गरेको हो।
बन्दले जनजीवन कष्टकर बन्दै गएको छ। यसैबीच, एसएलसी परीक्षा नजिकै आउन लागेको बेला गरिएको बन्द र हड्तालले विद्यार्थी मर्कामा परेको प्याब्सन कास्कीले जनाएको छ।
पोखरामा पसल, शैक्षिक संस्थानहरू र यातायात बन्द गराउंदै हिडेका जनमोर्चाका कार्यकर्ताहरु । तस्बीर सुदर्शन रञ्जित / एचकेनेपाल डट कम
बन्दमा पैदलयात्रुहरू
बन्द गरियो हैन पसल?