डम्बर सुब्बा / एचकेनेपाल डट कम-
सिओल, २४ डिसेम्बर। कोरियाको राजधानी सिओलको हुआम दाङ्गमा रहेको यो ङ्गसान लाईब्रेअरी हलमा आइतवार लिम्बु जातीहरुको महान पर्व चासोक तङ्गनाम भव्यताका साथ सम्पन्न भएको छ।
किरात याक्थुङ्ग चुम्लुङ्ग दक्षिण कोरियाद्वारा आयोजित सो कार्यक्रममा विभिन्न क्षेत्रबाट बृहत नेपालीहरुको उपस्थिती रहेको थियो।
कार्यक्रमकोप्रमुख अतिथी कोरियाका लागि नेपाली राजदूत कमानसिंह लामाले पानसमा बत्ती बाली शुरुवात गरिएको सो कार्यक्रममा किरात याक्थुङ्ग चुम्लुङ्गका उपाध्यक्ष तथा पुजारी नरेन्द्र वनेमले चासोक पुजा गरेका थिए।
लिम्बुजातीहरुको महानपर्वको उपलक्ष्यमा आयोजित कार्यक्रममा राजदूत कमानसिंह लामा, आदिवासी जनजाति महासंघ कोरिया शाखाका अध्यक्ष भक्त शेरचन, एनआरएन कोरियाका पूर्वउपाध्यक्ष लोचन राई, आदिवासी जनजाति महासंघ कोरिया शाखाका उपाध्यक्ष मुकुन्द राईलगायतले शुभकामना मन्तव्य दिएका थिए।
कार्यक्रममा टाढा टाढाबाट सहभागीहरुको लागि स्वादिष्ट नेपाली चिउरा, मासुका साथै चियाको व्यवस्था गरेको थियो।
कार्यक्रममा लिम्बु जातीहरुको सुप्रसिद्ध च्याबरुङ्ग नाच, हाकपारे, धान नाच नाचेर कोरियन तथा अन्य गैरलिम्बुहरुलाई लिम्बुहरुको लोकसंस्कृतिको परिचय दिएको थियो। कार्यक्रममा किरात राई यायौक्खाद्धारा किरात राईहरुको लोक सांस्कृतिक नृत्य चण्डी नाच पनि प्रर्दशन गरिएको थियो।
त्यस्तै, सोही कार्यक्रममा स्थानीय कलाकार अशोक थुलुड, भरत गुरुड, चौबन्दी सुब्बा, स्वाटी तामाड, प्रमिला भण्डारी, नरेन्द्र वनेम, रविन जवेगु, नेपाल मगर संघका जोडी गीत तथा संगीतका प्रतिभा पस्केर माईनस डिग्रीको जाडोले लकलक कामिरहेका दर्शकहरुलाई तताउनका साथै भरपूर मनोरन्जन दिएका थिए।
किरात याक्थुङ्ग चुम्लुङ्ग दक्षिण कोरियाकाका अध्यक्ष नन्द काम्बाङ्गको सभापतित्वमा भएको सो कार्यक्रमको स्वागत मन्तव्य किरात याक्थुङ्ग चुम्लुङ्ग दक्षिण कोरियाका उपाध्यक्ष बच्चन फियाकले व्यक्त गर्नु भएको थियो। पहिलो चरणको कार्यक्रम आयोजक कमिटिका सचिव गंगा लिम्बुले गर्नु भएको थियो भने दोस्रो चरणको संचालन नेरन्द्र वनेमले गर्नु भएको थियो।
Join Us:
YouTube: http://www.youtube.com/HKNepal
Facebook: http://alturl.com/uvemh
Twitter: http://alturl.com/ffko4
Google+: http://alturl.com/fsu8b