Namaste ! Welcome to HKNepal.com | एचकेनेपाल डट कम, हङकङ | First Nepali Internet Magazine in Hong Kong

नेपाल खेलकुद पत्रकारको साधारणसभा सम्पन्न

प्रकाश तिमल्सिना /एचकेनेपाल डट कम-
काठमाडौं, ८ पौष, नेपाल खेलकुद पत्रकारको आठौं साधारण सभा आज (शनिबार) सम्पन्न भएको छ।

सभाले महासचिव हेमन्त काफ्लेले प्रस्तुत गरेको बार्षिक र कोषाध्यक्ष प्रकाश तिमल्सिनाले प्रस्तुत गरेको आर्थिक बर्ष २०६८ र०६९ को रु ३४,५०४८८ (अक्षरुपी चौतिस लाख पचास हजार चार सय अठासी) को आयव्यय तथा आर्थिक बर्ष २०६८ र०६९ रु २०,७०६०९ (अक्षरुपी बीस लाख सत्तरी हजार छ सय नौं) अनुमानित बजेट पास गरेको छ।

सभाले नेपाल खेलकुद पत्रकार मञ्च २०५२ विधानमा संशोधन गरेको छ। संशोधित विधान अनुसार मञ्चको १५ सदस्यीय कार्यसमितिमा निर्वाचित हुने चारमध्ये दुई महिला सदस्य निर्वाचित हुर्नु पर्ने अनिवार्य व्यवस्था गरेको छ। त्यस्तै सभाले मञ्चको कल्याणकारी कोषको सञ्चालनका लागि नियमावली अनुमोदन समेत गरेको छ।

त्यसअघि, उद्घाटन सत्रका प्रमुख अतिथि राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य सचिव युवराज लामा र विशेष अतिथिका रुपमा नेपाल पत्रकार महासंघकी उपाध्यक्ष एसोदा तिम्सिनाले शुभकामना व्यक्त गर्नु गरेका थिए।

Join Us:
YouTube: http://www.youtube.com/HKNepal
Like Facebook Fan Page: http://alturl.com/uvemh
Twitter: http://alturl.com/ffko4
Google+: http://alturl.com/fsu8b

हामीसंगै रहनको लागिः फेसबुक | ट्विटर | गुगल प्लस
 
 

About the author

More posts by