एचकेनेपाल डट कम संवाददाता-
काठमाडौ, ८ पुस । देबघाट क्षेत्रमा स्थापित मेडिकल कलेज हटाउन गठित संघर्ष समितिले फेरि पनि म्याद थप्ने षडयन्त्र भईरहेको भन्दै आन्दोलनको घोषणा गरेको छ।
मेडिकलेजलाई लिजमा जग्गा दिने सरकारी निर्णयलाई सर्वोच्च अदालतले चुनौति दिदै भोगाधिकार बदर गरिदिएको १८ वर्ष पुगिसक्दा पनि कलेज सञ्चालन नहटेको भन्दै बागिश्वरी आध्यात्मिक परिषद, देबघाट क्षेत्र विकास समिति, जलदेबी बन उपभोक्ता समिति र नागरिक समाजको अगुवाईमा सो संघर्ष समिति गठन भएको हो।
पछिल्लो समयमा प्रशासन, मेडिकल कलेज र संघर्ष समितिवीचको वार्तामा म्यद नथपी हस्तान्तरण गर्ने सहमति भए पनि जिल्ला बन कार्यालयले हस्तक्षेप गरेर म्याद थप गर्ने षडयन्त्र गरेको भन्दै संघर्ष समिति आन्दोलनमा उत्रिएको हो।
सस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयले समेत मेडिकल कलेजको भवन देबघाट विकास समितिलाई हस्तान्तरण गर्नु भनि मंसिर २६ गते पत्र पठाए पनि बन कार्यालयले हस्तक्षेप गरेपछि उनीहरु आन्दोलित भएका हुन्।
संघर्ष समितिले आईतवार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलनको आयोजना गरेर पुरातत्विक क्षेत्रको रुपमा घोषित भईसकेको उक्त क्षेत्र राष्ट्रकै प्रमुख सास्कृतिक धरोहर भएकोले सम्बन्धीत निकायले उक्त भवन तत्काल खाली गराई हस्तान्तरण गर्नु पर्ने मागसहित आन्दोलनमा उत्रिएको जानकारी दियो।
घोषित आन्दोलनका कार्यक्रम अन्र्तगत माग पुरा नभएसम्म सो भवनमा तालाबन्दी, धर्ना जुलुस, माईकिङ, अनसन, कोणसभा र गै जुलुस गर्ने लगायतका रहेका छन्।
पत्रकार सम्मेलनमा चैतन्य कृष्ण महाराजले विदेशी सस्कृति नेपालमा हावी हुँदैगएकोले नेपाली संस्कृति ओझेलमा पर्दै गएको टिप्पणी गर्दै नेपालीको संस्कृति कायम राख्न नसके नेपाली नै नरहने चेतावनी दिए। उनले पूण्यभूमि देबघाटलाई विशुद्ध धार्मिक र साँस्कृतिक केन्द्रको रुपमा विकास गर्नु पर्ने धारणा राखे।
समाजसेवी सम्भु थापाले आफ्नो धर्म सस्कृतिको रक्षा नगर्ने नेपालको अस्तित्व नै संकटमा पर्ने भएकोले पूण्यभूमिको रक्षाको लागि सबै एक जुट हुनु पर्ने बताए।
Join Us:
YouTube: http://www.youtube.com/HKNepal
Like Facebook Fan Page: http://alturl.com/uvemh
Twitter: http://alturl.com/ffko4
Google+: http://alturl.com/fsu8b