एचकेनेपाल डट कम संवाददाता-
काठमाडौ, ६ पुस । प्रमुख तीन दलसहित १५ वटा राजनीतिक दलका महिला नेतृ आवद्ध अन्तर पार्टी महिला सञ्जालले बर्दियामा प्रेमीबाट आगो लगाई हत्या भएकी भनिएकी शिवा हास्मीको परिवारलाई समेत पक्राउ गरि अनुसन्धान गर्न माग गरेको छ।
घटनाको अनुसन्धान गर्न सञ्चालकी अध्यक्ष उर्मिला पाण्डेयको संयोजकत्वमा गठित ६ सदस्यीय छानविन समिति समितिले सो घटनामा मृतकका परिवारको हात रहेको आशंका गर्दै छानविनको माग गरेको हो।
सञ्जालले शुक्रवार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गरेर घटनाको स्थालगत प्रतिवेदन सार्वजनिक गर्दै घटनामा परिवारको संलग्नताको आशंका गरेको छ।
हास्मीको हत्याको प्रयास ५ दिन अघि उनका परिवारले प्रेमि भनिएका बाबु खानमाथि कुटपिट गरेको, धम्कि दिएको, आगो लगाएका बेला परिवारका सबै सदस्य भए पनि बचाउन प्रयास नगरेको, अस्पताल लैजान परिवारले आलटाल गरेको, घटनाबारे आवाज उठाउने अधिकारकर्मी, सञ्चारकर्मी र स्थानीय जनतालाई परिवारले धम्कि दिएको लगायतका तथ्यको आधारमा सञ्जालले परिवारप्रति आशंका गरेको हो।
पत्रकार सम्मेलनमा सञ्जालले हास्मी र उनका प्रेमि खाँनबीच भएको टेलिफोन सम्बादको आवाज समेत सुनाएको थियो। जसमा मलाई मारेर तिमीलाई फसाउंछन्, नभए तिमीलाई मार्छन् त्यसैले हामी भागेर विवाह गरौ भनेर भनेको उल्लेख छ।
पत्रकार सम्मेलनमा बोल्दै अध्ययन टोलीकी सदस्य एमाओवादी पूर्व सभासद कल्पना धमलाले स्थलगत अध्ययनको क्रममा फेला परेका धेरै प्रमाणहरुले मृतक हास्मीका परिवार पनि हत्यामा शंकाको दायरमा देखिएकोले उनीहरुमाथि पनि अनुसन्धान गर्नु पर्ने महसुस गरिएको बताईन्।
किटानी जाहेरी दिने बातावरण नहुनु, दिदा पनि प्रहरीले नलिनु र अन्ततः सञ्जालको पहलमा मात्र जाहेरी दर्ता हुनुले धेरै आशांकाहरुको जन्म गराएको उनको तर्क थियो।
बर्दिया जिल्ला गुलरिया नपा वडा नम्बर ८ बस्ने हास्मीलाई गत मंसिर २२ गते पेट्रोल खन्याएर आगो लगाईएको थियो। उनको उपचारको क्रममा मंसिर २७ गते काठमाडौमा निधन भएको थियो। मृतकको परिवारले हास्मीका प्रेमि खाँनले विवाह गर्न नमानेकोले आगो लगाई हत्या गरेको आरोप लगाएका थिए।
Join Us:
YouTube: http://www.youtube.com/HKNepal
Like Facebook Fan Page: http://alturl.com/uvemh
Twitter: http://alturl.com/ffko4
Google+: http://alturl.com/fsu8b