एचकेनेपाल डट कम संवाददाता-
पोखरा, ५ पौष । लोकप्रिय वर्ष खेलाडी २०६७ भलिवलका अन्तर्राष्ट्रिय खेलाडी तथा नवनायिका सिपोरा गुरुङले यसवर्षको ल्होछार जापानमा मनाउने भएकी छन्।
तमु जातिको नयाँ वर्ष सप्री ल्होछारको अवसरमा तमु धिं जापानद्धारा आयोजना गरिने सप्री ल्होछार पर्व २०१३ को विशेष कार्यक्रमका लागि आमन्त्रण गरिएपछि सिपोराले यस वर्षको ल्होछार जापानमा मनाउने भएकी हुन्।
भलिवलका अत्यन्त उत्कृष्ठ खेलाडी तथा वर्षको लोकप्रिय खेलाडीसमेत घोषित भइसकेकी र घलेक द साइन अफ लभ नेपाली चलचित्रमा नायिकाको भूमिकामा प्रवेश गरेपछि थप चर्चित बनेकी सिपोराले जापानको ल्होछार कार्यक्रममा गुरुङ र नेपाली गरी दुईवटा नृत्य प्रस्तुत गर्ने छिन्।
कार्यक्रमका लागि सिपोरा पुस १३ गते जापान प्रस्थान गर्दै छिन्। सिपोरासँगै कार्यक्रमका लागि वारि जमुना पारी जमुनाका गायक खेमराज गुरुङ पनि जापान जादै छन्। दश दिन जापानमा रहने सिपोरालाई कोरिया भ्रमणका लागि पनि दक्षिण कोरियामा रहेका शुभचिन्तकहरुले पहल गरिरहेको श्रोतको भनाइ छ।
घलेक द साइन अफ लभका नायिका सिपोरा गुरुङलाई नृत्य प्रस्तुतिकै लागि तमु धिं जापानले ल्होछार कार्यक्रममा आमन्त्रण गरेको सुन्दा घलेक द साइन अफ लभ युनिट हर्षित भएको चलचित्रका निर्देशक कृष्णकुमार गुरुङले बताए। चलचित्र प्रदर्शन नहुदै हाम्रो चलचित्रको नायिकाको प्रस्तुतीका लागि तमु धिं जापानले आमन्त्रण गर्नु घलेक द साइन अफ लभ चलचित्र युनिटलाई थप उर्जा मिलेको निर्देशक गुरुङको भनाई छ।
Join Us:
YouTube: http://www.youtube.com/HKNepal
Like Facebook Fan Page: http://alturl.com/uvemh
Twitter: http://alturl.com/ffko4
Google+: http://alturl.com/fsu8b