एचकेनेपाल डट कम संवाददाता-
काठमाडौ, ५ पुस । एकीकृत नेकपा माओवादीका प्रभावशाली नेतासमेत रहेका शान्ति तथा पुनःनिर्माणमन्त्री टोपबहादुर रायमाझीले पार्टीले भन्दैमा मान्नु पर्छ भन्ने कुनै बाध्यता नरहेको स्पष्ट पारेका छन्।
रिपोर्टर्स क्लब नेपालले विहीबार आयोजना गरेको साक्षात्कामा उनले भने–पार्टीले भनेको कुरा पनि कहिलेकाही मानिदैन। राष्ट्र, जनता र पार्टीलाई असर पार्ने निर्णय छ भने मान्नै पर्छ भन्ने छैन।
साक्षात्कारमा मन्त्री रायमाझीले पार्टीले अहिलेसम्म औपचारिक बैठकबाट प्रधानमन्त्रीलाई फिर्ता बोलाउने कुनै निर्णय नगरेको दावी गर्दै बुधवार बसेको भनिएको पार्टीको ब्यूरो सहितको पदाधिकारी बैठक पनि औपचारिक नभएको बताए।
पार्टीले अहिलेसम्म वर्तमान सरकारलाई नै सहमतिको सरकारमा रुपान्तरण गर्ने बाहेकको कुनै निर्णय नगरेको ठोकुवा गर्दै उनले सञ्चारमाध्यमले गलत प्रचारवाजी गरेको आरोप लगाए।
निर्वाचनको मिति घोषणा, संबैधानिक बाधा अडकाउको फुकाउ र सबै दल केही समय अहिलेकै सरकारमा सहभागि भएपछि सहमतिको सरकारको लागि सोच्न सकिने भन्दै मन्त्री रायमाझीले अन्यथा प्रधानमन्त्रीले यथास्थितिमा राजिनामा दिए मुलुक संबैधानिक संकटमा फसेर अराजकता तीर उन्मुख हुने चेतावनी दिए।
उनले भने– अहिले प्रधानमन्त्रीले चाहेर पनि राजिनामा दिन सक्नु हुन्न। त्यसो भए मुलुक संबैधानिक संकटमा फस्छ, अराजकता बढ्छ र अहिलेसम्मको उपलब्धि गुम्छ।
प्रधानमन्त्रीको उमेदवारको रुपमा काग्रेसले अघि सारेका सभापति कोइरालाको ब्यक्तित्वमाथि नै प्रश्न उठाउँदै उनले भने–सुशिल कोइराला कुन महत्वपूर्ण ब्यक्ति हो र ? संघीयताको पक्षधर हो कि, निर्वाचन जितेर आएको ब्यक्ति हो कि के हो र उहाँलाई स्विकार्ने?
निर्वाचन घोषणा गरेको सरकारले नै निर्वाचन गर्ने संसारको उदाहरण प्रस्तुत गर्दे उनले विपक्षीसँग पनि प्रधानमन्त्री बाबुराम भट्टराईलाई स्विकारेर अघि बढ्नुको विकल्प नभएको स्पष्ट पारे।
Join Us:
YouTube: http://www.youtube.com/HKNepal
Like Facebook Fan Page: http://alturl.com/uvemh
Twitter: http://alturl.com/ffko4
Google+: http://alturl.com/fsu8b