एचकेनेपाल डट कम संवाददाता-
काठमाडौं, ५ पौष। विश्व कीर्तिमान राख्ने भन्दै आगोको सुरुङभित्र मोटरसाइकल चलाउनेलाई सघाउने क्रममा जलेर गम्भीर घाइते भएका अर्का युवकको पनि निधन भएको छ।
पर्वत घर भई हाल व्यास-११ दमौली बस्दै आएका २९ बर्षीय भरतसिंह थापाको बुधवार राति काठमाडौ सुन्धाराको लाइफकेयर अस्पतालमा उपचारको क्रममा निधन भएको हो।
यसअघि, सोही घटनामा जलेर गम्भीर घाइते भएका तनहूँ घाँसीकुवा ४ का २८ वर्षीय पन्थको वीर अस्पतालमा उपचारको क्रममा निधन भएको थियो।
विश्व कीर्तिमान राख्ने भन्दैमंसिर २६ गते मिर्लुङका शम्शेरबहादुर लम्सालले १ सय ५ मिटर लामो आगोको सुरुङभित्र मोटरसाइकल कुदाएर विश्व कीर्तिमान राख्ने दुश्प्रयाश गरेका थिए।
तस्विर सौजन्यः कृष्ण न्यौपाने
गम्भीर दुर्घटनापछि आयोजक गण्डकी कम्प्युटर इन्ष्टिच्युटका सञ्चालक बसन्त सदाशंकर र मोटरसाइकल चालक शम्शेरबहादुर लम्साललाई प्रहरीले नियन्त्रणमा लिएकोछ।
संबिन्धत लिङ्कहरू:
विश्व कीर्तिमान राख्न खोज्दा २ युवा यसरी जले
कीर्तिमान राख्नेलाई सहयोग गर्दा जलेका युवकको मृत्यु
Join Us:
YouTube: http://www.youtube.com/HKNepal
Facebook: http://alturl.com/uvemh
Twitter: http://alturl.com/ffko4
Google+: http://alturl.com/fsu8b