नोमराज तमू /एचकेनेपाल डट कम –
पोखरा, ४ पौष। नेपाल तमू विद्यार्थी छोँज धीँ कास्कीको आयोजना र जक्सन ग्रुपको व्यवस्थापनमा हुन लागेको मिस तमूस्यो नेपाल २०६९ को पहिलो अडिसन सोमबार स्याङ्जाको सदरमुकाम स्याङ्जा बजारमा सम्पन्न भएको छ।
मिस तमूस्योको सान मौलिक संस्कृतिको पहिचान भन्ने मूल नाराका साथ गर्न लागिएको सौन्दर्य प्रतियोगिताको पहिलो अडिसनमा ३ जना प्रतियोगिहरु छनोट गरिएको व्यवस्थापन समुहले जानकारी दिएको छ।
तस्बिरः भूपाल कुमार तमू जक्सन डटकम
आयोजकको अनुसार करिब एक दर्जन सहभागीबाट ३ जना छनोट गरिएको हो। छनोट हुनेमा सपना तमूस्यो, जया तमूस्यो र सुस्मिता तमूस्यो रहेका छन्। उनीहरुलाई छनोट चरणको प्रमाणपत्र समेत प्रदान गरिएको भूपाल तमूले जानकारी दिए। छानिएका तीनै प्रतियोगिहरु स्नातकतहमा अध्ययनरत छन्। उनीहरुलाई स्याङ्जा अडिसनको लागि जक्सन ग्रुपका भूपाल कुमार तमू र नेपाल तमू विद्यार्थी छोँज धीँ केन्द्रीय विदेश विभाग प्रमुख नोमराज तमू गएका थिए।
तमू ह्यूल छोँज धीँ गुरुङ राष्ट्रिय परिषदका केन्द्रीय सदस्य जुमकाजी तमू, तमू ह्यूल छोँज धीँ स्याङ्जाका नगर अध्यक्ष श्रीप्रसाद तमू, जिल्ला सचिव चित्रबहादुर तमूले स्याङ्जाको अडिसन कार्यक्रमको व्यवस्थापनमा सहयोग गरेका थिए।
अडिसन राउण्ड अन्तर्गतको दोस्रो अडिसन पुस ४ गते लम्जुङको बेशी शहरमा हुने र नेपाल तमू विद्यार्थी छोँज धीँ लम्जुङले त्यसको व्यवस्थापन गर्ने बताईएको छ।
Join Us:
YouTube: http://www.youtube.com/HKNepal
Facebook: http://alturl.com/uvemh
Twitter: http://alturl.com/ffko4
Google+: http://alturl.com/fsu8b