Namaste ! Welcome to HKNepal.com | एचकेनेपाल डट कम, हङकङ | First Nepali Internet Magazine in Hong Kong

तमू ल्होसारलाई सांस्कृतिक महोत्सवको रुपमा मनाईने

बिल तमू /एचकेनेपाल डट कम-
दोहा, कतार । कतारवासी तमूहरुको साझा संस्था तमू समाज कतारले यस वर्षको सप्रि ल्होसारलाई सांस्कृतिक महोत्सवको रुपमा मनाउने भएको छ।

तमू समुदायको विशुद्ध मौलिक र महान पर्व ल्होसारको अवसर पारेर कतारमा सांस्कृतिक महोत्सव आयोजना गर्न लागेको समाजका अध्यक्ष बिमल तमूले बताएका छन्। महोत्सवलाई सफल बनाउन समाजको संरक्षकत्वमा स्थापित शाखा संस्थाहरुलाई जिम्मेवारी बाँडी सकिएको अध्यक्ष तमूले बताए।

समाजको आयोजनामा आउने २०१३ जनवरी ४ तारिख शुक्रवारका दिन समाल गार्डेनमा छ्याडु नृत्य, घाटु नृत्य, कौडा नृत्य, सोरठी नृत्य, ट्होतें लगायत विविध सांस्कृतिक प्रस्तुती सहित सप्रि ल्होसार पर्वलाई सांस्कृतिक महोत्सवको रुपमा मनाउने तयारी भईरहेको जनाएको छ। साथै तमू सांस्कृतिक परिवारको नेतृत्वमा विविध मनेरञ्जनात्मक नृत्य तथा गायन प्रस्तुतिहरु पनि उक्त महोत्सवको थप आकर्षणहरु हुने छन्।

तमू सांस्कृतिक परिवारका अध्यक्ष आसबहादुर तमू (गोर्खा) का अनुसार तमू सांस्कृतिक परिवारका कलाकारहरु र कतारमा कार्यरत कलाकारहरुको सहयोगमा आवश्यक तयारी भई रहेको छ।

समाजको संरक्षकत्वमा स्थापित विभिन्न शाखा समिति लगायत अन्य समूहका विच डोरी तान्ने खेल आयोजना गरिनुका साथै तमूहरुको परम्परागत छेलो फाल्ने खेल पनि आयोजना हुने छन्। स्मरणीय के छ भने यस छेलो प्रतियोगिताबाट विगतका वर्षहरुमा जस्तै यस वर्ष पनि छेलो फालेर तमू मु्र (राजा) को छनौट गरिने छ।

कार्यक्रममा सहभागि हुनको लागि समाजका सम्पर्क व्यक्तिहरुलाई प्रति व्यक्ति कतारी रियल ३० (तीस मात्र) बुझाई कुपन लिनु पर्ने एक सूचना मार्फत जानकारी गराएको छ। दोहादेखि समाल गार्डेन सम्म आउन जानको लागि बसको व्यवस्था गरिने र सो कार्यको लागि सम्पर्क व्यक्तिहरु पनि चयन गरेको सूचनामा जनाएको छ।

दोहामा अलफरदान (तरवार गेट) र सनैयामा अलतिय मार्केटबाट बस छुट्ने व्यवस्था मिलाईएकोछ। बिहान ठीक ८ बजे आफूलाई पायक पर्ने स्थानमा सम्पर्क गर्न समाजले जानकारी गराएको छ। आफनो महान मौलिक पर्वलाई भव्यताका साथ सम्पन्न गराउन सम्पूर्ण कतारवासी तमू दाजुभाई तथा दिदीबहिनीहरुलाई सक्रिय सहभागिताकोलागि तमू समाज कतारले हार्दिक अनुरोध गरेको छ।

Join Us:
YouTube: http://www.youtube.com/HKNepal
Facebook: http://alturl.com/uvemh
Twitter: http://alturl.com/ffko4
Google+: http://alturl.com/fsu8b

हामीसंगै रहनको लागिः फेसबुक | ट्विटर | गुगल प्लस
 
 

About the author

More posts by