सन्तोष काफ्ले /एचकेनेपाल डट कम-
धरान, २ पुष। नेपाल पत्रकार महासंघ शाखा सुनसरीको धरान १२ सुनाखरी मार्गमा बन्न लागेको भवनको सोमवार विहान सिलान्यास गरिएको छ।
स्थानीय विकास अधिकारी राजेन्द्रदेव पाण्डे र धरान नगरपालिकाका निमित्तकार्यकारी अधिकृत गणेशप्रसाद खतिवडाले संयुक्त रुपमा भवनको सिलान्यास गरेका हुन्।
हालसम्म सुनसरीले धरान १२ स्थित चतरालाइनमा भाडाको कोठामा शाखा संचालनमा ल्याएको थियो। सिलान्यासपछि उपस्थित अतिथिहरुले भवनका लागि सहयोग गर्ने प्रतिवद्धता प्रकट गरेका छन्। यसैक्रममा पूर्वसभाषद् किरणकुमार राईले एकथान कम्प्युटर महासंघलाई हस्तान्तरण गरेका थिए। त्यस्तै एमाओवादीका नगर अध्यक्ष चोत्लुङले १० हजार, किरात याक्थुङ चुम्लुङकी केन्द्रीय उपाध्यक्ष दुर्गामाया लिम्बूले १० हजार ५ सय र भारतका लागि कोलकता महावाणिज्यदूत चन्द्र घिमिरेले नगद १० हजार सहयोग गर्ने प्रतिवद्धता प्रकट गरेका छन्।
कार्यक्रममा नेपाल पत्रकार महासंघका पूर्वाञ्चल संयोजक मोहनकाजी न्यौपानेले पत्रकार महासंघको अवधारणको विकास गर्ने धरानमा हाल सम्म भवन बन्न नसकेको तर, आजबाट भवनको प्रक्रिया सुरु हुदा सुनसरीका पत्रकारहरुमा मात्रै नभई सवै पत्रकारहरुमा खुसी छाएको बताए। उनले आजबाट सुनसरीका पत्रकारहरु सुकुम्बासीबाट जग्गापूर्जासम्म पुगेको र चाडै घरधनीसमेत बन्ने बताए।
कार्यक्रममा महासंघका केन्द्रीय सदस्य सिद्धराज राई, उद्योग बाणिज्य संघका उपाध्यक्ष सरोज श्रेष्ठ, नागरिक अनुगमन समितिका तिलक राईलगायतले शुभकामनासँगै सहयोग गर्ने प्रतिवद्धता प्रकट गरेका छन्।
कार्यक्रममा राजनीतिक दल, वुद्धिजीवी, नागरिक समाज, पत्रकारहरुको उलेख्य उपस्थिति रहेको थियो। कार्यक्रममा महासंघ सुनसरी का अध्यक्ष केशव घिमिरेले भवन निमार्णको लागि आर्थिक भौतिक सहयोग गर्न आग्रह गरेका थिए।
Join Us:
YouTube: http://www.youtube.com/HKNepal
Like Facebook Fan Page: http://alturl.com/uvemh
Twitter: http://alturl.com/ffko4
Google+: http://alturl.com/fsu8b