Namaste ! Welcome to HKNepal.com | एचकेनेपाल डट कम, हङकङ | First Nepali Internet Magazine in Hong Kong

मण्डलेहरुको चलखेलप्रति सुजाता कोइरालाको आपत्ति

सन्तोष काफ्ले/ एचकेनेपाल डट कम-
धरान, २ पुष। नेपाली कांग्रेसकी केन्द्रीय सदस्य सुजाता कोइरालाले कमल थापाजस्ता मण्डलेहरुको चलखेल बढेका कारण मुलुकको समस्या समाधान गर्न सबै नजुटे अवस्था गम्भीर हुने बताएकी छन्।

नेपाली कांग्रेस सुनसरी क्षेत्र नं. १ को क्षेत्रीय भेलालाई सम्बोधन गर्दै कोइरालाले यस्तो कुरा बताएकी हुन्।

कोइरालाले मुलुक जति संकटग्रस्त बन्दै जान्छ राजतन्त्रवादीहरुले चलखेल गर्ने ठाउँ झनै पाउने भएकोले कुर्सीको लडाई भन्दा पनि मुलुकले संविधान कसरी पाउछ भन्ने तर्फ सोच्नुपर्ने बेला आएको बताइन्।

पूर्वमन्त्रीसमेत रहेकी कोइरालाले मुलुकलाई संकटबाट जोगाउन नेपालका सम्पूर्ण राजनीतिक सबै सत्ता र शक्तिको पछि नलागी समयमै संविधानसभाको निर्वाचन गरेर अगाडि बढ्नुपर्ने बताइन्।

यदि समयमै संविधानसभाको निर्वाचन गरी मुलुकलाई निकास नदिने हो भने यो मुलुकको अस्तित्व समेत समाप्त भएर जानसक्ने उनको भनाई थियो। मुलुक रहे राजनीतिक दल, तीनका नेता, कार्यकर्ता रहने भएकोले मुलुक बचाउन भएपनि एक पटक सहमतीय सरकार गठन गरी निर्वाचनमा जानुबाहेक अर्को विकल्प नरहेको उनको सुझाव थियो।

नेपाली कांग्रेस सुनसरी क्षेत्र नं. १ का सभापति चन्द्रप्रसाद श्रेष्ठको सभापतित्वमा सम्पन्न भेलामा पार्टीकी केन्द्रीय सदस्य मीना सुब्बा, सुनसरी जिल्ला सभापति राजीव कोइराला, नेपाल महिला संघकी सुनसरी उपाध्यक्ष उमा प्रधान, सुनसरीका पूर्व जिल्ला सभापति रामबहादु बस्नेत लगायतले मुलुकको निकासका लागि कांग्रेस गुट उपगुटमा हैन एक भएर जानुपर्ने बताएका थिए।

Join Us:
YouTube: http://www.youtube.com/HKNepal
Like Facebook Fan Page: http://alturl.com/uvemh
Twitter: http://alturl.com/ffko4
Google+: http://alturl.com/fsu8b

हामीसंगै रहनको लागिः फेसबुक | ट्विटर | गुगल प्लस
 
 

About the author

More posts by