Namaste ! Welcome to HKNepal.com | एचकेनेपाल डट कम, हङकङ | First Nepali Internet Magazine in Hong Kong

काग्रेसले एमाओवादीको सर्त मान्दा हुन्छः देउवा

एचकेनेपाल डट कम संवाददाता-
काठमाडौ, १ पुष । नेपाली काग्रेसका बरिष्ठ नेता शेरबहादुर देउवाले धोका नहुने हो भने एकीकृत नेकपा माओवादीले अघि सारेको सर्त मान्दा पनि फरक नपर्ने बताएका छन्।

रिपोर्टर्स क्लबले सुरु गरेको ‘रिपोर्टर्स क्लब नेपालको अभियान, तत्काल राष्ट्रिय सहमतिको सरकार’ अभियान अन्र्तगतको विशेष साक्षात्कारमा उनले भने– काग्रेसलाई धोका हुँदैन भने एमाओवादीको सर्त मान्दा पनि हुन्छ । केही फरक पर्दैन । सधै अविश्वास गरेर मात्रै पनि हुँदैन।

एमाओवादी नेतृत्वको सरकारले नै निर्वाचनको मिति घोषणा गर्ने र संविधानका बाधा अड्काउ फुकाएर नेपाली काग्रेसको नेतृत्वमा सहमतिको सरकार निर्माण गर्ने भनि पछिल्लो समयमा अगाडि सारेको सर्तको विषयमा सञ्चारकर्मीले राखेको जिज्ञासामा देउवाले त्यस्तो धारणा राखेका हुन्।

देउवाले एमाओवादीका अध्यक्ष प्रचण्डले राष्ट्रपतिले दिएको समयभित्रै सहमति बन्छ भनेर भनेको कुरामा समेत आशंका र अविश्वास नर्गन सुझाव दिए। उनले थपे– सहमति गर्ने हो भने शंका मात्रै गरेर हुँदैन।

संविधानका सबै अन्र्तबस्तुमा अहिले सहमति बन्ने भए फेरि पनि संविधान सभा पुनःस्थापना गरेर संविधान जारी गर्न सकिने उल्लेख गर्दै उनले तर अब अन्र्तबस्तुमा सहमति हुने भन्ने कुरा असम्भव रहेकोले निर्वाचनमा जानुको विकल्प नहरेको बताए।

उनले भने–संविधानको आधारभूत सिद्धान्त, संघीयता र गणतन्त्रलाई स्विकारेर निर्वाचनमा जानु पर्छ। संघीयता सबैले स्विकार गरिसकेकै छन्। गणतन्त्र त काग्रेस नेतृत्वको सरकारले नै प्रस्ताव गरेको हो। जनता मालिक हो पछि जनताको निर्णय अनुसार सबैकुरा हुन्छ। अहिले नै सबै कुरा मिलाएर निर्वाचनमा जाने कुरा हुन सक्दैन। नमिलेका कुरा त चुनावी घोषणा पत्रमा लिएर जनतामा जाने हो।

उनले एमाओवादीले भने जस्तो शासकीय स्वरुप माने संविधानसभाको पुनःस्थापना नै गर्नु पर्ने भन्दै देउवाले अहिले शासकीय स्वरुपमा सहमति हुनै नसक्ने स्पष्ट पारे। मुलुकलाई निकास दिने बाटो सहमति बाहेक अरु नभएकोले माओवादीले सर्तमाथि सर्त राख्नु भन्दा पनि सहमतिकोलागी ईमान्दार पहल गर्नु पर्ने देउवाको भनाई थियो।

Join Us:
YouTube: http://www.youtube.com/HKNepal
Like Facebook Fan Page: http://alturl.com/uvemh
Twitter: http://alturl.com/ffko4
Google+: http://alturl.com/fsu8b

हामीसंगै रहनको लागिः फेसबुक | ट्विटर | गुगल प्लस
 
 

About the author

More posts by