Namaste ! Welcome to HKNepal.com | एचकेनेपाल डट कम, हङकङ | First Nepali Internet Magazine in Hong Kong

राष्ट्रकविको सम्मानबारे सूचनाको खण्डन

एचकेनेपाल डट कम संवाददाता-
काठमाडौं, १ पुस। माधव घिमिरेको राष्ट्रकवि पदवीबारे हालै एउटा दैनिक पत्रिकामा प्रस्तुत भएको घिमिरेको अन्तर्वार्ताप्रति नइ प्रकाशनले खेद प्रकट गरेको छ।

नइ प्रकाशनका सदस्यसचिव नरेन्द्रराज प्रसाईले आइतवार एक प्रेस विज्ञप्ति जारी गर्दै खेद प्रकट गरेका हुन्। विज्ञप्तिमा भनेको छ- प्रकाशनले २०५४ साल माघ ७ गते माधव घिमिरेलाई राष्ट्रकविको पदवी दिलाई पाउँ भनेर तत्कालीन प्रधानमन्त्री सूर्यबहादुर थापासमक्ष निवेदन दिएको थियो। तर त्यसबेला त्यस बारेको कार्यान्वयन नहुँदै थापाको प्रधानमन्त्रित्व समाप्त भएको थियो।

थापा पुनः प्रधानमन्त्री भएपछि नइ प्रकाशनको आग्रहमा मन्त्री कमल थापाको अगुवाई र स्रष्टाद्वय कृष्णभक्त श्रेष्ठ तथा नगेन्द्र थापाको सक्रियतामा मन्त्रिपरिषद्को बैठकले माधव घिमिरेलाई राष्ट्रकविको पदवी प्रदान गर्नेबारे पूर्व राजा ज्ञानेन्द्र शाह समक्ष सिफरिस गरेको थियो। जसअनुरुप २०६० साल असोज ८ गते राजाबाट घिमिरे राष्ट्रकवि उपाधिद्वारा विभूषित हुनुभएको विज्ञप्ति राजदरबारले जारी गरेको थियो।

राष्ट्रकविबारेको सग्लो सत्यतथ्यपूर्ण इतिहास छोप्ने प्रयास कतैबाट पनि नगरियोस् भनी नइ प्रकाशनले आग्रह गरेको छ।

Join Us:
YouTube: http://www.youtube.com/HKNepal
Like Facebook Fan Page: http://alturl.com/uvemh
Twitter: http://alturl.com/ffko4
Google+: http://alturl.com/fsu8b

हामीसंगै रहनको लागिः फेसबुक | ट्विटर | गुगल प्लस
 
 

About the author

More posts by