Namaste ! Welcome to HKNepal.com | एचकेनेपाल डट कम, हङकङ | First Nepali Internet Magazine in Hong Kong

संघीय समाजबादी मञ्च युएईको तदर्थ समिति गठन

त्रिलोचन कोइराला /एचकेनेपाल डट कम –
युएई, युएईमा भएको एक भेलाले नव गठित संघीय समाजबादी पार्टी नेपालको पहिलो प्रवास संगठन संघीय समाजबादी मञ्च युएइको तदर्थ समिति निर्माण गरेको छ।

दुबाईको एभरेष्ट इन्टरनेशनल होटलमा डिसेम्बर १४ तारिख शुक्रबार आदिबासी , जनजाती, मधेसी, मुस्लिम, खस, दलित तथा समानता र पहिचान सहितको संघीय संघियताका पक्षधरहरुको साझा संस्थाको रुपमा संघीय समाजबादी मञ्च रहने आयोजकले दाबी गरेको छ।

संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको स्थापना गर्ने भन्दै विभिन्न राजनीतिक दल परित्याग गरेका नेता कार्याकर्ताहरुको एक समूहले नेकपा एमाले परित्याग गरेका नेता अशोक राईको संयोजनमा गत मङ्सिर ७ गते संघीय समाजबादी पार्टी नेपालको स्थापना गरेका थिए।

जनजाती महासंघका अध्यक्ष गिरीमान थापाले प्रमुख अतिथिको मन्तब्य राख्दै गठित समितिले राजनीतिक आस्थासंगै जातीय पहिचानलाई पनि उठाउने विश्वास रहेको बताए। थापाले जनजाती महासंघ नवगठित समितिसंग जातीया पहिचानका लागि सहकार्य गर्न पनि सकिने बताए।

एकल जातीय नारा लगाउदै अन्य जातिलाई गाली गर्ने प्रचलन बढेकोमा चिन्ता ब्यक्त गर्दै तदर्थ समिति निर्माण भेलामा बोल्ने वक्ताहरुले जातीय पहिचानको नाममा नवगठित संघीय समाजबादी मञ्चले संघीय लोकतान्तिक गणतन्त्र स्थापना गर्न बर्गीय जातीय, भाषिक, साँस्कृतिक धार्मिक, लैंगिक लगायतका बिभेद तथा उत्पीडनहरूबाट नेपाली समाजलाई समानुपातिक समाबेसी बनाएर समधानका निम्ति लाग्न मञ्चलाई सुभकामना दिए।

तमु समाज युएईका अध्यक्ष डिआर गुरुङलाई केन्द्रीय प्रतिनिधि बनाएको भेलाले समितिमा नेकपा एमाले परित्याग गरेका प्रवासी समाज युएईका निबर्तमान सल्लाहकार भूवन राईलाई अध्यक्ष, युवा समाजसेबी कृष्ण पौडेल र तामांग समाज युएईका उपाध्यक्ष रबिन लामा दुईजना उपाध्यक्ष रहेका छन्।

समितिमा दीपराज योङहाङ महासचिब, किरात राई यायोख्खा युएईका अध्यक्ष उमेश राई प्रवक्ता, मगर समाज युएइका महासचिब भारत रानामगर सचिब रहेका छन्। भेलाले २५ सदस्यीय तदर्थ समिति बनाएको हो।

समितिलाई सक्रिय तथा चलायमान बनाउन तथा एकल जातीय एकाधिकारलाई हटाउन समिति लाग्ने बिभिन्न बिभाग पनि गठन गरेको छ। गठित बिभागहरुमा आर्थिक बिभाग प्रमुख युवा समाजसेबी शिब गुरुङ, युवा बिभाग प्रमुख कलाकार आशिष राई, साँस्कृतिक बिभाग प्रमुख कलाकार दीप सुब्बा रहेका छन्। महिला बिभाग खाली राखिएको तदर्थ समिति गठन गर्न भेलामा उत्साहजनक उपस्थिति रहेको आयोजकले बताएको छ। तदर्थ समितिका उपाध्यक्ष कृष्ण पौडेलले चाडै एक भेला बोलाएर तदर्थ समितिलाई पूर्णता दिने बताएका छन्।

Join Us:
YouTube: http://www.youtube.com/HKNepal
Like Facebook Fan Page: http://alturl.com/uvemh
Twitter: http://alturl.com/ffko4
Google+: http://alturl.com/fsu8b

हामीसंगै रहनको लागिः फेसबुक | ट्विटर | गुगल प्लस
 
 

About the author

More posts by