Namaste ! Welcome to HKNepal.com | एचकेनेपाल डट कम, हङकङ | First Nepali Internet Magazine in Hong Kong

अमेरीकी स्कूलमा गोलीबारी, कम्तीमा २७ को मृत्यु

एजेन्सीहरु/ एचकेनेपाल डट कम संवाददाता
कनेक्टीकट, १५ डिसेम्बर। अमेरिकाको पूवोत्तर प्रान्त कनेक्टीकटको एक प्राइमरी स्कूलमा बन्दुकधारीले अन्धाधुन्ध गोली चलाउंदा कम्तीमा २७ जनाको मृत्यु भएको छ।

न्युटाउनको स्यान्डी हुक एलिमेन्टरी स्कूलमा भएको घटनामा १० वर्षमुनिका २० जना बालबालिकाहको मृत्यु भएको छ। घटनास्थलबाट प्रहरीले बन्दुकधारीको शवसमेत बरामद गरेको छ।

प्रहरीका अनुसार २० वर्षीय बन्दुकधारी एडम लेन्जले त्यो कक्षा कोठालाई निशाना बनाएको थियो, जहाँ उनकी आमाले पढाउने गर्थिन्। मृत्यु हुनेमध्येमा उनकी आमा पनि रहेको प्रहरीले बताएको छ।

घटनापछि बोल्दै अमेरिकी राष्ट्रपति बराक ओबामाले यस घटनाले देशमा ठूलो धक्का लागेको बताए। उनले यस्ता घटनालाई रोक्नलाई उचित कदम चाल्नु पर्ने बताए। उनले भने- ‘मृत्यु हुने बालबालिकाहरु १० वर्षभन्दा कम उमेरका थिए, जसले पूर्णरुपले जिन्दगी देख्न समेत पाएका थिएन।’ टेलिभिजनमा रुदै बोलेका ओबामाले हत्याकाण्डले आफूलाई विक्षप्त पारेको बताए।

यस घटनालाई अमेरिकाको अहिलेसम्मकै सबैभन्दा दोस्रो ठूलो सामुहिक हत्या काण्डको रुपमा लिइएको छ। यसअघि, सन् २००७ मा भर्जिनियामा यस्तै हत्याकाण्डमा ३३ जनाको ज्यान गएको थियो।

अमेरिकी राष्ट्रपति बराक ओबामा

Join Us:
YouTube: http://www.youtube.com/HKNepal
Like Facebook Fan Page: http://alturl.com/uvemh
Twitter: http://alturl.com/ffko4
Google+: http://alturl.com/fsu8b

हामीसंगै रहनको लागिः फेसबुक | ट्विटर | गुगल प्लस
 
 

About the author

More posts by