Namaste ! Welcome to HKNepal.com | एचकेनेपाल डट कम, हङकङ | First Nepali Internet Magazine in Hong Kong

कीर्तिमान राख्नेलाई सहयोग गर्दा जलेका युवकको मृत्यु

एचकेनेपाल डट कम संवाददाता-
काठमाडौं, २९ मंसिर। विश्व कीर्तिमान राख्न लागेकालाई सहयोग गर्ने क्रममा आगोले जलेर गम्भीर घाइते भएका एक युवकको विहीवार साँझ मृत्यु भएको छ।

वीर अस्पतालमा उपचारको क्रममा तनहूँका सुरेश पन्थको मृत्यु भएको प्रहरीले जनाएको छ। तनहूँघासीकुवा ४ का २८ वर्षीय पन्थ भारतीय सेनामा कार्यरत थिए।


तस्विर सौजन्यः कृष्ण न्यौपाने

विश्व कीर्तिमान राख्न जल्दै गरेको बाँसको गोठभित्र मोटरसाइकल चलाउने नेपाल प्रहरीका पूर्वहवल्दार ३६ वर्षीय शम्सेरबहादुर लम्साललाई सघाउने क्रममा २ जना आगोमा जलेर गम्भीर घाइते भएका थिए।

अर्का जलेर घाइते भएका पर्वत घर भई हाल व्यास-११ दमौली बस्दै आएका २९ बर्षीय सुमित थापाको लाइफ केयर अस्पतालमा उपचार भइरहेको छ।

यो पनि हेर्नुहोस: विश्व कीर्तिमान राख्न खोज्दा २ युवा यसरी जले

Join Us:
YouTube: http://www.youtube.com/HKNepal
Facebook: http://alturl.com/uvemh
Twitter: http://alturl.com/ffko4
Google+: http://alturl.com/fsu8b

हामीसंगै रहनको लागिः फेसबुक | ट्विटर | गुगल प्लस
 
 

About the author

More posts by