त्रिलोचन कोईराला /एचकेनेपाल डट कम-
युएई, पत्रकारहरूलाई श्रृंखलावद्ध कुटपिट एवं आक्रमणको धम्की बढ्दै गएकोमा नेपाल पत्रकार महासंघ युएईको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।
युएई शाखाले एक प्रेस विज्ञप्ति जारी गर्दै सरकारसंग प्रत्यक्ष परोक्ष रुपमा संलग्न भएका व्यति समूहलाई तत्काल कारवाही गरी प्रेस स्वतन्त्रताको रक्षा गर्न माग गरेको छ।
युएई शाखाका अध्यक्ष अर्जुन दाहाल र सचिब निमेष गिरीले हस्ताक्षर गरेको प्रेस विज्ञप्तिमा पत्रकारलाई आक्रमणको धम्की दिनु प्रेस स्वतन्त्रतामाथिको ठाडो हस्तक्षेप हो भन्दै विगत लामो समयदेखि नै नेपाली पत्रकारहरूलाई कुटपिट एवं धाकधम्कीका श्रृंखलाहरू निरन्तर दोहोरिरहेकोमा पत्रकार महासंघ युएई शाखाले घटनाप्रति घोर निन्दा एवं भर्त्सना गरेको छ।
हालै नेपाल पत्रकार महासंघ, सिन्धुपालचोक शाखाका पूर्वसभापति एवं कान्तिपुर दैनिकका उपसम्पादक ऋषिराम पौडेल र शाखाका कोषाध्यक्ष एवं स्थानीय सिन्धु प्रवाह साप्ताहिकका सम्पादक एवं राजधानी दैनिकका सम्वाददाता दिनेश थापालाई विभिन्न व्यक्ति र समूहले टेलिफोनबाट आक्रमणको धम्की आएको, त्यस्तै नेपाल पत्रकार महासंघका सभासद तथा बारास्थित कान्तिपुर टेलिभिजनका सम्वाददाता उपेन्द्र ठाकुरलाई बाराका नेपाल प्रहरी उपरीक्षक दानसिंह बोहराले दुर्व्यवहार गर्दै भौतिक कारबाहीको धम्की दिएको घटनाप्रति शाखाको ध्यानाकर्षण भएको विज्ञप्तिमा जनाइएको छ।
विज्ञप्तिमा यस किसिमको पत्रकारलाई आक्रमणको धम्की दिनु प्रेस स्वतन्त्रतामाथिको ठाडो हस्तक्षेप, संविधानले प्रदान गरेको अधिकारलाई चुनौती दिने दुवै घटनाको पत्रकार महासंघ युएर्इ शाखा घोर निन्दा एवं भर्त्सना गर्दछ भन्दै पत्रकारको स्वतन्त्रतापूर्वक लेख्ने अधिकारप्रति डर र त्रासको श्रृजना गरी जनताको सुसूचित हुने अधिकारमा हस्तक्षेप कुनै पनि हालतामा प्रजातान्त्रिक मान्यताको दायरमा पर्न सक्दैन बताइएको छ।
Join Us:
YouTube: http://www.youtube.com/HKNepal
Like Facebook Fan Page: http://alturl.com/uvemh
Twitter: http://alturl.com/ffko4
Google+: http://alturl.com/fsu8b