सौरभ श्रेष्ठ /एचकेनेपाल डट कम-
लण्डन, स्विटजरल्याण्डको कन्सर्टपछि जर्मनीको हयाम्वर्ग, हेमेसँगै बेल्जियममा सम्पन्न कन्सर्टमा आफ्नो दरिलो उपस्थिति जनाएर राई इज किंग अर्थात राजेश पायल राई लण्डनतिर फर्केका छन्।
सागर सरी चोखो माया, बैगुनी रैछौ मायालु, तिमीलाई रोजे दित्तेल बजार, ढयानटयाङ्ग, राई इज किंग, दर्शन नमस्ते, शिरै फूल शिरबन्दी, मोहनी लाग्ला है लगायतका आफ्ना नयाँ पुराना गीतहरु गाएका राजेशले आफ्ना दर्शक स्रोताहरुलाई सबै शहरमा आएर मनोरञ्जन दिलाउन सफल भए।
राजेशसँगै गायिका इन्दिरा जोशीले पनि उघ्रेको चोली, रातो घाघरा लगायतका आफ्ना चर्चित गीतहरुबाट दर्शकहरुलाई मनोरञ्जन दिए।
सबै कार्यक्रम सकाएर लण्डन आएका राजेशको लण्डनमा यसै साता ४ वटा भिन्दा भिन्दै कार्यक्रममको आयोजना हुँदैछ। लण्डनको कार्यक्रम सकाएर उनी अष्ट्रेलियामा आगामी डिसेम्बर २९ मा हुने कार्यक्रमका लागि लण्डनबाट नै अस्ट्रेलिया जानेछन् भने अष्ट्रलियाको कार्यक्रम सकेर उनी नेपाल फर्कने भएका छन्।
नेपाल फर्केपछि आफ्नो नयाँ महत्वकांक्षी एल्वम दर्शन नमस्ते–२ को रेकर्डिङसँगै नेपालमा आयोजना हुने थुप्रै सांगीतिक कार्यक्रममा भाग लिदैछन्।
Join Us:
YouTube: http://www.youtube.com/HKNepal
Like Facebook Fan Page: http://alturl.com/uvemh
Twitter: http://alturl.com/ffko4
Google+: http://alturl.com/fsu8b