एचकेनेपाल डट कम संवाददाता-
काठमाडौ, २८ मंसिर । प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार देबेन्द्र पौडेल सुनिलले राष्ट्रपतिले सहमतिको लागि दिएको पाँच दिनको समयमा सहमति हुन नसके यहि सरकारको नेतृत्वमा निर्वाचनमा जानु पर्ने बताएका छन्।
रिपोर्टर्स क्लब नेपाल विहीबार आयोजना गरेको साक्षात्कारमा रिक्त संबैधानिक निकायमा पदाधिकारी नियुक्ती, संविधानसभाको निर्वाचनको मिति घोषणा, संविधानका सहमति भएका विषयलाई समेटेर संविधानको प्रारम्भिक खाँका तयार पार्ने विषयमा प्याकेजमै सहमति भए मात्रै प्रधानमन्त्रीले मार्ग प्रसस्त गर्ने स्पष्ट पारे। पौडेलले पूर्ण बजेट नस्विकार्ने, संबैधानिक नियुक्ती नस्विकार्ने अवस्थामा विपक्षीले भनेको कुरा आफूहरु समेत स्वीकार्न बाध्य नभएको बताए।
साक्षात्कारमा सल्लाहकार पौडेलले भने–नयाँ सरकारले के के गर्ने भन्ने विषयमा स्पष्ट नभई प्रधानमन्त्रीले पद छाड्ने कुरा हुँदैन। कुनै पार्टीले राजिनामा माग्दैमा दिई हाल्ने कुुरा हुँदैन। प्याकेजमै सहमति नभई काग्रेस सभापति सुशिल कोइरालालाई स्विकार्दैनौ। उमेदवार त सुशिलजीले मात्रै होईन मुस्कान सेनाले पनि घोषणा गरेको छ।
उनले विपक्षीहरुले बाबुराम भट्टराईको ठाँउमा अध्यक्ष प्रचण्डलाई स्विकार्ने विपक्षीहरुको कुरा धमिलो पानीमा माछा मार्ने दाउँ र पार्टी फुटाउने चालमात्रै भएको भन्दै माओवादीले शान्ति प्रक्रियामा आए पछि धेरै खेल खेलिसकेकोले माओवादी त्यस्तो खेलको भ्रममा नपर्ने स्पष्ट पारे। यद्यपि, उनले प्रचण्ड ठूलो पार्टीको अध्यक्षको नाताले प्रधानमन्त्रीको सधै दावेदार भने भएको बताए।
साक्षात्कारमा नेपाली काग्रेसका केन्द्रीय सदस्य डा प्रकाशसरण महतले एमाओवादीले भने जस्तो संविधानका विवादित अन्र्तबस्तुमा सहमति हुनै नसक्ने भन्दै त्यस्तो प्रयास हास्यास्पद भएको टिप्पणी गरे। उनले संघीयता र गणतन्त्रलाई स्विकार्ने बाहेक अन्य विषयमा सहमति खोज्नु जनताको अधिकारमाथिको कुठाराघात भएको भन्दै दलहरुमा त्यस्तो कुनै हैसियत नभएको बताए।
नेकपा एमालेका नेता रघुवीर महासेठले निश्चित समयसम्म काग्रेस सभापति सुशिल कोइरालाको नेतृत्वमा सहमति नजुटे नेकपा एमालेका प्रभावशाली नेता केपी शर्मा ओलीलाई प्रधानमन्त्री बनाउनु पर्ने बताए। उनले भने–अब काग्रेस सभापतिको नेतृत्वमा सहमति जुटन नसक्ने अवस्थामा नेकपा एमालेले पनि उमेदवार घोषणा गर्नु पर्छ। कोइरालाको विकल्पमा ओलीलाई प्रस्तुत गर्नु पर्छ, ओली पनि नभए एकीकृत नेकपा माओवादीका अध्यक्ष प्रचण्डलाई प्रधानमन्त्री स्विकार गर्न तयार हुनु पर्छ। ठूला तीन दलबाहेकबाट प्रधानमन्त्रीको विकल्प खोजि गर्नु हुँदैन। बाबुराम भट्टराई बाहेकको माओवादीको नेतृत्वमा जान्नौ भनेर किरिया खानु हुँदैन।
Join Us:
YouTube: http://www.youtube.com/HKNepal
Like Facebook Fan Page: http://alturl.com/uvemh
Twitter: http://alturl.com/ffko4
Google+: http://alturl.com/fsu8b