Namaste ! Welcome to HKNepal.com | एचकेनेपाल डट कम, हङकङ | First Nepali Internet Magazine in Hong Kong

सीएनएन हिरो पुष्पालाई सरकारद्वारा सम्मान

एचकेनेपाल डट कम संवाददाता-
काठमाडौं, २८ मंसिर । सिएनएन हिरो पुष्पा बस्नेत लाई सरकारले सम्मान गरेको छ। कारागारमा बन्दीजीवन बिताइरहेका परिवारका बालबालिकाको सेवामा निःस्वार्थ भावले समर्पित भई सिएनएन हिरो उपाधि चुम्न सफल बस्नेतलाई सरकारले पनि सम्मान गरेको हो।

महिला बालबालिका तथा समाज कल्याण मन्त्रालयले बिहीबार आयोजना गरेको सम्मान कार्यक्रममा मन्त्रालयका मन्त्री बद्रीप्रसाद न्यौपानेले बस्नेतलाई सम्मानपत्र तथा दोसल्ला ओढाई सम्मान गरेको हो।

सो अवसरमा सम्मानित व्यक्तित्व बस्नेतले आफू ‘सिएनएन हिरो एवार्ड(२०१२)’बाट सम्मानित हुन पाउँदा खुसी लागेको र काँधमा जिम्मेवारी थपिएको महसुस भएको विचार व्यक्त गर्दै उनले आफू आजीवन यिनै बेसहारा बालबालिकाको सेवामा समर्पित हुने प्रतिबद्धता पनि व्यक्त गरिन्।

महिला बालबालिका तथा समाज कल्याण मन्त्री न्यौपानेले निःस्वार्थ भावले समाजसेवामा पुर्‍याएको योगदानको कदर स्वरूप सिएनएन हिरो एवार्ड-२०१२ बाट सम्मानित पुष्पा विश्वकै हिरो बनेको बताए।

उनले बस्नेतको सम्मान राष्ट्रकै सम्मान भएको र यसबाट सम्पूर्ण राष्ट्र गौरवान्वित भएको चर्चा गर्दै मन्त्रालय उनीसग सहकार्य गर्न तथा सहयोग दिन प्रतिबद्ध भएको उल्लेख गरे। (रासस)
Pushpa Basnet | 2012 CNN Hero of the Year

Join Us:
YouTube: http://www.youtube.com/HKNepal
Like Facebook Fan Page: http://alturl.com/uvemh
Twitter: http://alturl.com/ffko4
Google+: http://alturl.com/fsu8b

हामीसंगै रहनको लागिः फेसबुक | ट्विटर | गुगल प्लस
 
 

About the author

More posts by