त्रिलोचन कोइराला /एचकेनेपाल डट कम-
युएई, संजोग मिलेमा कल्पना नै नगरिएको खुशिको क्षण पनि मिल्दो रहेछ मैले सपनामा पनि देखेको थिर्इंन। यसरी नेपाली फिल्मका स्टारहरूसंग एकै स्टेजमा नाच्न पार्इएला भनेर। खुशि हुदै भावना ढकाल मनमा रहेको हर्षका शब्द एक साथ ओकल्छिन्।
तस्विरहरूः त्रिलोचन कोइराला /एचकेनेपाल डट कम
उनको उमङग उत्साह अनि खुशिका सिमा बनावटी थिएन, सत्य थियो। दुबाइमा भएको बक्स अफिस फिल्म अवार्डमा एक साथ नेपाली चलचित्रका तीन सुपरस्टार भुवन केसी,शिब श्रेष्ठ, राजेश हमाल र नेपाली नृत्यका स्टार शंखर बिसीसंग एकै मञ्चमा त्यो पनि एकै साथ नृत्य गर्न पाउनु भावनाको जीबनको महत्वपूर्ण क्षण हो रे..।
त्यो पल भावनाको लागि मात्र होइन कलाकारितामा संघर्ष गर्ने जो कोहीको लागि अनि कलाकारिता मन पनाउनेहरुका लागि पनि एतिहासिक क्षण थियो।
कलाकारितामा आफ्नो क्षमता त चाहिन्छ नै, त्यो भन्दा धेरै संयोग मिल्नु पर्दो रहेछ।
त्यसो त भावनाले फिल्म स्टारहरूसंग मात्र होर्इन नृत्यको मै हु भन्नेहरुसंग पनि कम्मर मर्काएर नृत्य गरिसकेकी छिन्।
नेपाली चलचित्र दाइजोमा भुवन केसीसंग, पंक्षीमा शिब श्रेष्ठ हुदै आफ्ना नृत्य तथा अभिनयमार्फत प्रतिभा निखारी सकेकी भावनाका यी चलचित्र त प्रतिनिधि मात्र हुन्। भावनाले दर्जन बढी चलचित्र त्यति नै संख्यामा टेलीफिल्म आधा दर्जन बढी भिडियोमा उनले कला पस्की सकेकी छिन्। कहिले अभिनय मार्फत त कहिले नृत्य मार्फत।
भावनाले पर्दामा नृत्य कलाकार बनेर एक दशकसम्म प्रतिभा देखाईन्। बिगत पाँच बर्षदेखि आफ्ना जीबन साथीसंग दुबाईमा छिन् उनी। दुबाईमा पनि उही सांगीतिक नृत्य विधाको नजिकै आफूलाई रहर लाग्ने बितिकै यहाँ हुने नेपाली कार्यक्रममा पुगि हाल्छिन्, जसरी नेपालमा पर्दामा कम्मर मर्काउन पुग्थिन्। फरक त्यहाँ टेक, ओके, कट.. आवाज सुनिन्थे यहाँ केवल वाह.. वाह.. र ताली अनि क्या राम्रो नृत्य।
चितवनको सांगीतिक माटोमा हुर्किएकी भावना करिश्मा मानन्धर, गौरी मल्ल जस्तै हिरोइन बन्न चितवनबाट राजधानी छिरेकी हुन्। तर उनी नेपाली प्रहरीको सरकारी जागिरे बनिन्। त्यो पनि साँस्कृतिक टोलीमा आफनै मनको रहरको अनि आफ्नो जीवनको लक्ष्य प्राप्तिको क्षेत्रमा। नेपाल प्रहरीको सरकारी जागिरे सेवा भावनाले ८ बर्षसम्म गरिन्। त्यस पछि पाँच बर्षदेखि उनी दुबाईमा छिन्।
लगनशील अनि निरन्तर एकै क्षेत्रमा लाग्ने हो भने धन सम्पति कमाउनु नकमाउनु दोस्रो कुरा भयो। तर प्रतिभाको अवश्य मुल्यांकन हुने एक उदाहरण बनिन् भावना। आज शहरमा उनको प्रतिभाको चर्चा छ, बजारमा उनको कामको चर्चा छ।
Join Us:
YouTube: http://www.youtube.com/HKNepal
Facebook: http://alturl.com/uvemh
Twitter: http://alturl.com/ffko4
Google+: http://alturl.com/fsu8b