त्रिलोचन कोइराला /एचकेनेपाल डट कम-
युएई, १२ डिसेम्बर । शताब्दीकै महत्यवपूर्ण दिन १२/१२/१२ को अबसर पारेर रोजगारीका लागि युएर्इ आएका नेपाली युवाहरूले मध्यपूर्बी देशमा नेपाली रेडियो संचालन गर्ने परिक्षण प्रशारण थालेका छन्।
रेडियोको परिक्षण प्रसारण प्रवासी अनलाइन पत्रिका, आर्इफोन, आइप्याटमा सुन्न सकिन्छ भने चाडै मोबाइलमा पनि सुन्न सकिनेछ।
रेडियोको परिक्षण प्रशारणको माध्यम बनेको प्रवासी अनलाइन पत्रिका पनि १२/१२/१२ को अबसर पारेर प्रकाशन गर्न थालिएको हो। प्रवासी अनलाइन पत्रिका www. prabasionline.com मा पढन तथा प्रवासी रेडियो सुन्न सकिन्छ।
मध्यपूर्बी देशमा नेपाली रेडियो संचालन गरि रोजगार, व्यवसाय तथा अन्य कारणले बिदेशिएका नेपालीहरूको आवाज, प्रतिभा, पीडा, सफलता तथा पहिचानलार्इ बिश्बभरि छरिएर रहेका नेपाली माझ पुर्याउने लक्ष्य लिएर परिक्षणका लागि प्रवासी अनलाइन पत्रिकामा नेपाली संगीत बजाएर रेडियोको परिक्षण प्रसारण थालिएको पत्रिकाका प्रबन्धनिर्देशक शेखर चापागाई बताउछन्। उनका अनुसार पाठक तथा श्रोताको प्रतिक्रयापछि निकट भबिष्यमा रेडियो प्रसारण थालिने छ।
पत्रिका तथा रेडियो लाई सत्य, तथ्य तथा निश्पक्ष बनाउन एबम संचालन गर्नका लागि युएइमा समाजसेवा, कलाकारिता तथा पत्रकारिता गरिरहेका युवाहरुले जानकारी, चेतना, मनोरञ्जन तथा समयसान्दर्भिक समाचार प्रकाशन तथा प्रसारण गर्ने उदेश्यले पत्रिका एबम रेडियो संचालन गर्न थालिएको कला संयोजक रमेश खडका बताउछन्।
प्रवासी नेपालीहरूको आवाजलार्इ पहिलो बिषय बनाउने बताएको रेडियोको कार्यक्रम उत्पादन प्रमुख प्रबन्धनिर्देशक त्रिलोचन कोइराला रहेका छन्।
राजनीतिक, सामाजिक, आर्थिक, साहित्य संगी त, मनोरञ्जन, स्वस्थय, शिक्षा खेलकुदलगायतका गतिबिधिलाई राजनीतिक आस्थाबाट टाढा बनाइ पत्रिका तथा रेडियो संचालन गरिने चापागाईले बताउएका छन्। चापागाईले युएर्इमा रहेका संघ सस्था, नेपाली दुताबास, बुदिजीबी, पत्रकारलगाएत सम्पूर्ण नेपालीहरूलाईनेपाली कला संस्कृति,पहिचान, राष्ट्रिय गौरबका लागि प्रवासी पत्रिका तथा रेडियोसंग हातेमालो गर्न आग्रह गरेका छन्।
Join Us:
YouTube: http://www.youtube.com/HKNepal
Facebook: http://alturl.com/uvemh
Twitter: http://alturl.com/ffko4
Google+: http://alturl.com/fsu8b