Namaste ! Welcome to HKNepal.com | एचकेनेपाल डट कम, हङकङ | First Nepali Internet Magazine in Hong Kong

बेल्जियममा किरात चाड सम्पन्न

मुना राई /एचकेनेपाल डट कम-
बेल्जियमको लुभेन शहरमा नेपाली समुदायहरु मध्येएक एेतिहासिक आदिबासी किरात जातिहरुको महान राष्ट्रिय चाड ‘उधौली २०१२’ चासोक तंगनाम भव्यताका साथ सम्पन्न भएको छ।

यो रमाइलो चाड किरात समाज बेल्जियम लुभेन क्षेत्रिय अध्यक्ष तथा केन्द्रिय सदस्य राम राईको संयोजजन र संयुक्त किरात समाज बेल्जियमको पहलमा संयुक्त रुपमा सम्पन्न भएको हो।

संस्थाका अध्यक्ष डिल्ली सुब्बाको अध्यक्षतामा माकुना किरातले किरात गीत पालम गाएर सुरु गरिएको उधौली कार्यक्रममा संस्थाकै महासचिब मुना राईले औपचारिक कार्यक्रम सञ्चालन गर्नु भएको थियो। स्वागत भाषण सल्लाहकार बदन योङ्हाङ र किरात उधौली सम्बन्धमा मणि राइले प्रकाश पार्नु भएको थियो।

कार्यक्रममा नेपालबाट परिवार भेटमा आउनुभएका अतिथि श्रीमती सूर्य देबी राईलामा र प्रशुराम लिम्बुद्वारा पृथ्वी र पुर्खाहरुसँग अन्नमा सह बसोस्, शुखशान्ति मिलोस भन्दैअक्षता पाती .चढाइ द्विप प्रजलन गरि किरात उधौली पूजा गरिएको थियो।

कार्यक्रममा बेल्जियमस्थित नेपाली संघसंस्थाहरुका पदाधिकारीहरु अतिथिको रुपमा र अन्य गैरकिरात नेपाली सज्जनबृन्द दाजुभाइ दिदीबहिनीहरुको सहयोग र सद्भभाबसहित बाक्लो सहभागिता रहेको थियो।

अतिथीहरुको तर्फबाट आदिबासी जनजाति महासंघ बेल्जियमका अध्यक्ष तथा एनआरएन आर्इसीसी सदस्य पिजी शेर्पाले शुभकामना मन्तब्य दिनु भएको थियो। बक्ताहरु सबैले उधौली पर्वको उपलक्ष्यमा सम्पूर्ण नेपालीहरुको सुस्वास्थ्यसहित उत्तरोत्तर प्रगतिको कामना गर्दै प्रबासमा रहेर पनि नेपालीको पहिचान दिने यस्ता कार्यक्रमहरु प्रशंसनीय रहेको बताए। बिदेशमा रहेरपनि नेपालीको पहिचान खोजिरहेका छौंत्यसरी नै हाम्रो नेपालमा एकजाति भाषा धर्मसंस्कृतिका पृष्ठपोषक सामन्ती शासकहरुले आदिबासी जनजाती उत्पीडित शोषित दलित बर्ग समुदायहरुको पहिचानहरुलाई ओझेलमा पारेकाले पहिचान साहितको संघीय राज्यब्यबस्थाको आन्दोलनलार्इसबै न्यायप्रेमी नेपालीहरुले सक्दो सहयोग गर्नुपर्छ भन्ने अभिब्यक्तिहरु ब्यक्त गरेका थिए।

कार्यक्रममा दर्शकहरुले अचार सहितको सेलरोटीको स्वाद लिंदै किरात कलाकारहरुद्वारा प्रस्तुत किरात नृत्यहरु साकेला नाच, च्याब्रुङ नाचको भरपूर आनन्द लिएका थिए।

कार्यक्रमका अध्यक्ष डिल्ली सुब्बाले रातको आठ बजे औपचारिक कार्यक्रम समाप्त भएको घोषणापछि बिभिन्न प्रकारका स्वादिष्ट भोजनसहितको रात्रि भोजको आयोजना गरिएको थियो।

भोजको समाप्तिपछि वारी जमुना पारी जमुना जस्ता प्रचलित गीतमा र राजेशपायल रार्इर धीरज राईका थुप्रै चर्चित साकेला गीतहरुमा सामुहिक नृत्य गरि सबै घण्टौंझुमिझुमी नाचेर रमाइलो गरिएको थियो।

उपरोक्तदिनको थप कार्यक्रमहरुमा गत सेप्टेम्बर एनआरएन बेल्जियम र युरोप नेपाल खेलकुद संघद्वारा आयोजना गरिएको अन्तर युरोपियन भलिबल प्रतियोगितामा संयुक्त किरात समाज बेल्जियमले दोस्रो स्थानमा बिजयी हासिल गरेर संस्थालाई शिल्ड प्राप्त गराउन उत्कृष्ट खेल प्रदर्शन गर्ने खेलाडीहरुलाई अध्यक्ष डिल्ली सुब्बा र अतिथि सूर्यदेबी राईलामाद्वारा कदरपत्र प्रदान गरि सम्मान गरिएको थियो।

Join Us:
YouTube: http://www.youtube.com/HKNepal
Facebook: http://alturl.com/uvemh
Twitter: http://alturl.com/ffko4
Google+: http://alturl.com/fsu8b

हामीसंगै रहनको लागिः फेसबुक | ट्विटर | गुगल प्लस
 
 

About the author

More posts by