एचकेनेपाल डट कम संवाददाता-
काठमाडौं, २७ मंसिर । मलेसियाबाट ३ वर्षपछि देश फर्केका तर घर नपुगी वेपत्ता भएका अर्जुनकुमार गोसाइलाई खोजिदिन उनका दाइ बलिराम गोसाईले नेपाल सरकार र प्रहरी प्रशासनसँग आग्रह गरेका छन्।
मलेशियाबाट गत १६ मंसिरमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा साढे एक बजे अवतरण गरी भैरहवा घर जान नयाँ बसपार्क पुगेका भाइ त्यहीबाट हराएको १२ औं दिन भैसक्दा पनि फेला नपरेको भन्दै खोजि गरिदिन नेपाल सरकार, मानवअधिकारकर्मी र सञ्चार माध्यमसँग आग्रह गरेका हुन्।
पत्रकार सम्मेलनमा दाइ बलिराम गोसाईले भाइ वेपत्ता भएको दिनदेखि नै खोजविन गर्दै जिल्ला र काठमाडौं जिल्ला प्रशासन कार्यालयमासमेत भाइ हराएको सम्बन्धमा उजुरी दिँदा पनि प्रहरी प्रशासनले चासो नदिएको आरोप लगाए।
उनले भने– मलेसियाबाट सँगै आएका उनका साथीहरु ६ जना र अन्य ५ जना एउटै गाडीमा बसेको र मेरो भाइ ट्वाईलेट जाँदा वेपत्ता भएपछि अहिलेसम्म फेला परेका छैनन्।
उनले ३ वर्ष विदेशमा विताएर घर आएको मेरो भाइ पारिवारिक सम्पर्कमा नआई वेपत्ता भएपछि हामी सम्पूर्ण परिवार मर्माहत भएका छौं, मेरो भाइको खोजि गरिदिन आग्रह गर्दछु।
Join Us:
YouTube: http://www.youtube.com/HKNepal
Like Facebook Fan Page: http://alturl.com/uvemh
Twitter: http://alturl.com/ffko4
Google+: http://alturl.com/fsu8b