Namaste ! Welcome to HKNepal.com | एचकेनेपाल डट कम, हङकङ | First Nepali Internet Magazine in Hong Kong

प्रचण्डलाई झापड हान्ने कुँवरले के भने?

एचकेनेपाल डट कम संवाददाता-
काठमाडौ, २७ मंसिर । एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई थप्पड हानेर एकाएक चर्चामा आएका वाग्लुङ घर भएका एमाओवादी कार्यकर्ता पद्म कुवँरले आफूले आवेगमा थप्पड प्रहार गरेर गल्ती गरे पनि नेपाली जनताको नेताहरु प्रति आक्रोस धेरै रहेकोले नेताहरुलाई सचेत रहन सुझाव दिएका छन्।

कुवँरले बुधवार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गरेर भने–नेताहरुको ब्यवहारका कारण जनताहरु टिभी फुटाउने अवस्थामा छन्। जनताको आक्रोस धेरै छ। त्यसैले नेताजीहरु सचेत हुनु पर्छ।

आफूले गरेको घटनापछि जसरी जनताले प्रतिक्रिया र सहयोग दिए त्यसले जनता नेताहरुविरुद्ध असन्तुष्ट छन् भन्ने प्रष्ट भएको दावी गर्दै उनले आफूले गरेको जस्तो गैरकानूनी काम अरु जनताले गर्ने सम्भावना समेत औल्याए।

उनले दलका नेताहरुले मुलुकलाई निकास नदिई लामो समयदेखि बन्धक बनाएकोले पनि निराशा बढ्न थालेको दावी गरे।

आफ्नो पुरै परिवार माओवादीले चलाएको जनयूद्धमा होमिएकोले आफू पनि माआवादी कार्यकर्ता नै भएको तर पछिल्लो पार्टीको फुटको अवस्था देखि आफू तटस्थ रहेको बताए। भविष्यमा राजनीतिमा आउने नआउने विषयमा भने उनले नेपालमा नेताहरुको खाँचो नभएकोले आफू नेता नबन्ने बरु गर्न सके नेताहरुलाई घच्घच्याउने सामाजिक कार्यमा लाग्न सक्ने बताए।

जनयुद्धका क्रममा दिदी र दाई घाईते भएको बुबा बारम्बार पक्राउ पर्ने गरेको तर जनयुद्धका घाईतेहरुलाई सम्मानजनक ब्यवहार नभएको आक्रोसमा आफूले अनायाशै आक्रमण गरेको भन्दै प्रचण्डले आफूलाई क्षमा दिए पनि पहिला नै कुनै पहल नगरेको प्रति परिवारको भने आक्रोस भएको बताए।

आफूले कानून विपरित काम गरेकोले आफूलाई कुट्नेलाई समेत धन्यवाद दिदै आफूले सञ्चारमाध्यममा आए जस्तो कसैलाई मुद्दा हाल्ने मनस्थितिमा नरहेको बताए । उनले भने–यदि लोकतन्त्र हो, कानून सबैको लागि बराबर हुने हो भने मलाई क कसले कुटे टिभीमा देखाईएको छ । अरु जसले पनि मुद्दा हाले भई हाल्छ तर म हाल्दिन।

आफूलाई ५ पटक बयान लिएको र सो क्रममा एक पटक मानसिक अस्पतालमा लगेर बेहोस बनाउने सुई लगाएर बयान लिईएइको जानकारी पनि उनले पत्रकार सम्मेलनमा दिए।

सो क्रममा अध्यक्ष प्रचण्डले धरौटी बापत तिरेको रकम बाहेक १ लाख ५४ हजार रुपमा देश विदेशबाट सहयोग प्राप्त भएको जानकारी दिदै उनले सहयोग स्वरुप प्राप्त रकम आफूले ब्यक्तिगत कामकोलागी खर्च नगरी सामाजिक कार्यमा खर्च गर्ने प्रतिबद्धता ब्यक्त गरे।

प्रचण्डलाई झापड, झापड हान्नेलाई यसरी बचाइयो

Join Us:
YouTube: http://www.youtube.com/HKNepal
Like Facebook Fan Page: http://alturl.com/uvemh
Twitter: http://alturl.com/ffko4
Google+: http://alturl.com/fsu8b

हामीसंगै रहनको लागिः फेसबुक | ट्विटर | गुगल प्लस
 
 

About the author

More posts by