एचकेनेपाल डट कम संवाददाता-
काठमाडौं, विदेशी चलचित्रकर्मीहरुले बनाएका फिल्महरुलाई पछि पार्दै नेपाली डकुमेन्ट्री ‘हु विल बी अ गोर्खा?’ सर्वोत्कृष्ट भएको छ।
काठमाडौंमा सम्पन्न अन्तर्राष्ट्रिय पर्वतीय फिल्म महोत्सव (किम्फ) मा केसाङ छेतेनद्वारा निर्देशित ‘हु विल बी अ गोर्खा’ले सर्वोत्कृष्ट र पब्लिक च्वाईस गरी दुई उपाधि हात पारेको हो। उनले महोत्सवमा प्रथम उपाधिसहित १५ सय अमेरिकी डलर नगद पुरस्कार प्राप्त गरे।
प्रतिस्पर्धामा उत्रेका फिल्महरुमा दोस्रो भएको ‘आर्ट अफ फ्रिडम’ले एक हजार र संयुक्त रुपमा तेस्रो भएका ‘नोम्याडिक नाइट्स’ र ‘द स्नो केभ म्यान’ ले पाँच सय अमेरिका डलर प्राप्त गरे।
Join Us:
YouTube: http://www.youtube.com/HKNepal
Facebook: http://alturl.com/uvemh
Twitter: http://alturl.com/ffko4
Google+: http://alturl.com/fsu8b