Namaste ! Welcome to HKNepal.com | एचकेनेपाल डट कम, हङकङ | First Nepali Internet Magazine in Hong Kong

दक्षिण कोरियामा तमू ल्होछार भव्य रुपमा मनाउने

सुरज गुरुङ/एचकेनेपाल डट कम-
कोरिया, तमू धीं गणतन्त्र कोरियाको आयोजनामा द.कोरियामा तमू ल्होछार भव्य रुपमा मनाइने भएको छ।

तमू धीं गणतन्त्र कोरियाको आयोजनामा आगामी नव वर्ष २०१३-०१-०६ तारिखका दिन तमूहरुको महान चाड तमू ल्होछार भव्य रुपमा मनाउने भएको हो। २०१२-१२-०९ तारिख आईतावारका दिन आफ्नै कार्यलय सिनसलदोङ्गमा तमू धीं गणतन्त्र कोरियाका अध्यक्ष रामकाजी गुरुङको अध्यक्षतामा बसेको बैठकले सो निर्णय गरेको हो।

नेपालबाट कलाकारहरुलाई आमन्त्रित गरि आफ्नो भाषा, धर्म, संस्कार र संस्कृति झल्काउदै दिवा भोज तथा साँस्कृतिक कार्यक्रम गरि मनाउने पनि सो बैठकले निर्णय गरेको छ। नेपालबाट आमन्त्रित कलाकारहरुमा गायक, संगीतकार तथा नृत्यनिर्देशक धन गुरुङ, गायिका शान्ति गुरुङ रहेका छन्।

तमूहरुको महान पर्व वि.स.अनुसार प्रत्येक वर्षको पौष १५ गते पर्ने भएता पनि प्रवासीभूमि दक्षिण कोरियामा विविध कारणबस ईस्वी सन अनुसार प्रत्येक वर्षको पहिलो महिना जनवरीको पहिलो आईतावारको दिन मनाउने निर्णय अनुसार आगामी जनवरीको ६ तारिख आईतावारका दिन मनाउन गईरहेको छ।

साथै तमूहरुको ल्हो (वर्ग) अनुसार अहिलेको यो वर्ष प्रहुल्हो (गिद्ध वर्ग) चलिरहेको र आगामी ३० डिसेम्बर २०१२ ९२०६९ पौष १५ देखि तमू नव वर्ष २५९७ औं ल्होछार प्हील्हो (सर्प वर्ग) को आगमन हुन्छ भने सोही दिनको अवसर पारी देश विदेशमा रहने सम्पूर्ण तमूहरुले आफ्नो पुर्खाहरुदेखि चल्दै आएको तमूहरुको पहिचान राख्दै भाषा, भेष–भूषा, धर्म, संस्कार र संस्कृति झल्काउदै ल्होछार पर्व भव्य रुपमा मनाउने गर्दछन्।

आफ्नो महान पर्व तमू ल्होछार २०६९ प्हील्हो (सर्प वर्ग) को अवसरमा दक्षिण कोरियामा विभिन्न कारणवस बाध्य भै प्रवासी जीवन विताई रहेका तमूलगायत सम्पूर्ण नेपाली दाजुभाई दिदीबहिनीहरुलाई एकै थलोमा ल्होछार पर्व भव्य रुपमा मनाउनका लागि खुल्ला हृदयका साथ तमू धीं द. कोरियाले हार्दिक निमन्त्रण गरेको छ।

मितिः २०१३–०१–०६
समयः दिनको ठिक ११ बजे
स्थानः सउल छुङ्गगु छङ्गसोन्योन सुयोनग्वान
जाने तरिकाः लाईन नं. ३ र ६ याक्सु स्टेसन गेट नं. ५

पुनश्चः २५९७ औं तमू ल्होछार २०६९ को उपलक्ष्यमा देश विदेशमा रहनु भएका तमू लगायत तमाम नेपाली दाजुभाई दिदीबहिनीहरुमा तमू धी गणतन्त्र कोरियालेयहॉहरुको सुस्वास्थ्या, दिर्घायु तथा उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गरेको छ।

साथै उक्त बैठकले दाहासंस्कार भवन निर्माण सहयोगको लागि ल्होछार कार्यक्रममा खोलिने भनेको चिठ्ठा विविध कारणवस केहि पछि सारिएको व्यहोरा जानकारी गराएको छ। यसको लागि तमू धीं गणतन्त्र कोरियाले क्षमायाचना गरेको छ।

Join Us:
YouTube: http://www.youtube.com/HKNepal
Facebook: http://alturl.com/uvemh
Twitter: http://alturl.com/ffko4
Google+: http://alturl.com/fsu8b

हामीसंगै रहनको लागिः फेसबुक | ट्विटर | गुगल प्लस
 
 

About the author

More posts by