एचकेनेपाल डट कम संवाददाता-
काठमाडौ, २६ मंसिर । उपप्रधान तथा गृहमन्त्री विजयकुमार गच्छदारले आफू प्रधानमन्त्रीको दौडमा नरहेको स्पष्ट पार्दै बर्तमान प्रधानमन्त्री डा बाबुराम भट्टराई बाहेकको नयाँ मान्छे प्रधानमन्त्री बन्ने घोषणा गरेका छन्।
रिपोर्टर्स क्लबले सुरु गरेको ‘रिपोर्टर्स क्लब नेपालको अभियान, तत्काल राष्ट्रिय सहमतिको सरकार’ अभियान अन्र्तगतको विशेष साक्षात्कारमा उनले भने– हामि नेतृत्वको विषयमा खुल्ला छौ। म प्रधानमन्त्रीको दौडमा छैन। अरुलाई नै अहिले प्रधानमन्त्री बनाउने हो। बर्तमान प्रधानमन्त्री डा बाबुराम भट्टराईको पनि कुरा नगर्नुस् नयाँ मान्छे प्रधानमन्त्री बनाउँछौं।
गच्छदारले कसैलाई निषेध गरेर अहिले सहमति बन्न नसक्ने स्पष्ट पार्दै उनले केही दिनभित्रै दलहरुवीच सहमति बन्ने विश्वास ब्यक्त गरे।
उनले मुलुकको बृहत्तर स्वार्थको लागि पहिला देखिनै भूमिका खेल्दै आएको उल्लेख गर्दै अहिले आफू दलहरुवीच सहमतिको बातावरण निर्माणमा लागेको बताए। अहिलेको सरकारमा जस्तो मन्त्रालय नपाएर नयाँ सरकार गठन गर्न नचाहेको भनि सञ्चारकर्मीले राखेको जिज्ञासामा गच्छदारले भने–विजयकुमार गच्छदार यो सरकारको प्रमुख अंशियार हो। कसैको बकस दिएर उपप्रधानमन्त्री पाएको होईन। माधवकुमार नेपालको पालामा पनि म उपप्रधानमन्त्री भएको थिएं।
बुधवार सम्ममा दलहरुवीच सहमति नबने मन्त्री परिषद विस्तार गर्ने सत्तारुढ गठबन्धनको निर्णयले अहिले मुलुकमा राष्ट्रपति प्रधानमन्त्री र दलहरुवीच द्धन्द्ध बढाउने भन्दै सहमति बनाउनु पर्ने बेला द्धन्द्ध बढाउन तर्फ लाग्न नहुने तर्क गरे।
Join Us:
YouTube: http://www.youtube.com/HKNepal
Like Facebook Fan Page: http://alturl.com/uvemh
Twitter: http://alturl.com/ffko4
Google+: http://alturl.com/fsu8b