Namaste ! Welcome to HKNepal.com | एचकेनेपाल डट कम, हङकङ | First Nepali Internet Magazine in Hong Kong

१३ जना नारीस्रष्टा साहित्यिक दूत

एचकेनेपाल डट कम सवाददाता-
काठमाडौं, २६ मंसिर। त्रिमूर्ति निकेतनद्वारा गठित ‘विश्व नारी नेपाली साहित्य सम्मेलन’ले ११ देशका १३ जना नारीस्रष्टालाई नेपाली भाषाको साहित्यिक दूत मनोनीत गरेकोछ।

विश्व नारी नेपाली साहित्य सम्मेलन समारोह समितिका अध्यक्ष प्रा.डा.गार्गी शर्माको अध्यक्षतामा बसेको बैठकले सो निर्णय गरेको हो।

त्रिमूर्ति निकेतनका सदस्यसचिव नरेन्द्रराज प्रसाईका अनुसार रीतादेवी सुवेदी म्यानमा, निहारिका लक्ष्मी शाही जापान र मुना नेपाल श्रेष्ठ ओमानका लागि नेपाली भाषाको साहित्यिक दूतमा मनोनीत भएका छन्।

त्यसैगरी, निर्मला परिवेश राई ब्रुनाई, सन्ध्या रेग्मी भियतनाम, कोपिला राई र प्रगती राई द।कोरिया, अनुराधा पौडेल फ्रान्स र सीता बराल पोर्चुगलको नेपाली भाषाको साहित्यिक दूतमा मनोनीत भएका छन्।

साथै क्यानडाका लागि सपना गौतम, अष्ट्रेलियाका लागि रुमु न्यौपाने र सानु घिमिरे तथा अफ्रिकाका लागि कल्पना घिमिरेलाई नेपाली भाषाको साहित्यिक दूतमा मनोनीत गरिएको छ।

विभिन्न राष्ट्रमा रहेर साहित्यिक सङ्गठन र सृजनामा समर्पित अन्य देशका नारी सर्जकलाई पनि क्रमशः नेपाली भाषाको साहित्यिक दूतमा मनोनयन गरिने कार्यक्रम रहेको छ। साहित्यिक दूतमा मनोनयनका लागि विदेशमा रहेका नेपाली नारीस्रष्टाको न्यूनतम एउटा कृति प्रकाशित हुनुपर्नेछ। हालसम्म १५ देशमा २७ जना नारी स्रष्टा साहित्यिक दूतमा मनोनीत भएका छन्।

२०७० सालमा ‘काठमाडौंमा विश्व नारी नेपाली साहित्य सम्मेलन’ हुने भएको छ। सो सम्मेलनमा नेपाली भाषासाहित्यमा न्यूनतम एउटा कृति प्रकाशित भएका देशदेशान्तरका नेपाली, गोर्खाली नारी स्रष्टाको सहभागी गराइनेछ।

Join Us:
YouTube: http://www.youtube.com/HKNepal
Facebook: http://alturl.com/uvemh
Twitter: http://alturl.com/ffko4
Google+: http://alturl.com/fsu8b

हामीसंगै रहनको लागिः फेसबुक | ट्विटर | गुगल प्लस
Nishani
Nishani
After School Chinese Classes  Caritas Tuen Mun Marden Foundation Secondary School.
After School Chinese Classes Caritas Tuen Mun Marden Foundation Secondary School.
After School Chinese Classes | Caritas Tuen Mun Marden Foundation Secondary School.
 
 

About the author

More posts by