एचकेनेपाल डट कम संवाददाता-
काठमाडौं २६ मंसिर । एकीकृत नेकपा माओवादी अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)लाई झापड हान्ने पदम कुँवर जेलबाट रिहा भएका छन्।
धरौटी तिर्न नसकेर जेल परेका कुँवरलाई प्रचण्ड आफैंले उनको रिहाईको लागि २८ हजार रुपैयाँ धरौटी तिरेपछि उनी रिहा भएका हुन्।। काठमाडौंका सिडिओ चुडामणि शर्माले उनी ७ दिनको तारेखमा छाडिएको र उनको अन्तिम फैसला हुन बाँकी रहेका बताएका छन्।
सार्वजनिक अपराध मुद्दामा काठमाडौंका प्रमुख जिल्ला अधिकारी चूडामणि शर्माले तोकेको धरौटी रकम २८ हजार रुपैयाँ तिर्न नसकेपछि कुवँरलाई सोमवार केन्द्रीय कारागार चलान गरिएको थियो।
कुँवरलाई छुटाउन उनका शुभचिन्तकबाट उठेको चन्दा धरौटी रकम २८ हजार लिएर पुगेका कुँवरका भिनाजु भीम भारतीले धरौटी रकम प्रचण्डले तिरि सकेको थाहा पाएपछि असन्तुष्टि जाहेर गरेका थिए।
यसैबीच, आफूलाई कुट्ने बिरुद्ध जाहेरी दिने कुँवरले तयारी गरिरहेको उनको भिनाजु भारतीले बताए।
प्रचण्डलाई झापड, झापड हान्नेलाई यसरी बचाइयो
Join Us:
YouTube: http://www.youtube.com/HKNepal
Facebook: http://alturl.com/uvemh
Twitter: http://alturl.com/ffko4
Google+: http://alturl.com/fsu8b