Namaste ! Welcome to HKNepal.com | एचकेनेपाल डट कम, हङकङ | First Nepali Internet Magazine in Hong Kong

तमू समाज कतारको नवौं वार्षिक साधारणसभा सम्पन्न

बिल गुरुङ /एचकेनेपाल डट कम
दोहा, कतार । तमू समाज कतारको नवौं वार्षिक साधारणसभा गत ७ डिसेम्वार शुक्रवारका दिन दोहास्थित टप फर्म रेष्टुरेण्टमा सम्पन्न भएको छ।

कतारवासी तमूहरुको एक मात्र साझा संस्था तमू समाज कतारका अध्यक्ष बिमल तमूको अध्यक्षतामा निदेर्शक सल्लाहकार बुधबल तमूको प्रमुख आतिथ्यमा उक्त सभा सम्पन्न भएको थियो । समाजका संस्थापक अध्यक्ष राम तमू विशेष अतिथि रहेको सभामा सल्लाहकारहरु अमृत तमू, बिलबहादुर तमू, जगन तमू लगायत अतिथिहरुको सहभागिता रहेको थियो । सहसचिव खुशी तमूद्वारा सञ्चालित कार्यक्रममा समाजको संरक्षकत्वमा स्थापित विभिन्न शाखा समितिका पदाधिकारी तथा सदस्यहरु र कतारवासी तमूहरुको उल्लेख्य उपस्थिति रहेको थियो।
null
प्रमुख अतिथि बुधबाल तमूबाट द्विप प्रज्वलित गरेर कार्यक्रमको उदघाटन गरिएको थियो भने सल्लाहकार जगन तमूले मन्तव्य मार्फत सबैलाई स्वागत गरेका थिए।

समाजले यो वर्ष भरि गरेका कार्यहरुको प्रगति प्रतिवेदन कार्यवाहक महासचिव भाईकाजि तमूले सभामा प्रस्तुत गरेका थिए भने कोषाध्यक्ष आँशु तमूले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए । दुबै प्रतिवेदनहरु माथिको व्यापक छलफल पछि आवश्यक शुझाव र सामन्य संशोधन सहित सर्वसम्मत पारित गरिएको बताईएको छ।

कतारवासी तमूहरुको साझा संस्था तमू समाज कतार एउटा उदाहरणीय संस्था हो । कतारवासी तमूहरुको एकता र भाईचाराको सम्बन्धबाट विभिन्न देशहरुमा स्थापना भएका तमू संघ संस्थाहरुले पाठ सिक्नु पर्छ भन्दै सहभागिहरुले यो एकतालाई अरु मजबुत बनाउदै लानु पर्ने विषयमा जोड दिएका थिए । संस्थाले तमूहरुको स्वपहिचानलाई बचाउन पहल गर्नु पर्ने र सो सम्बन्धि कार्यक्रमहरु आयोजना गर्नु पर्ने विषय पनि सुझाईएको थियो । वार्षिक प्रतिवेदनमा केवल सम्पन्न भए गरेको कार्यहरुको विवरण नराखी भावि कार्यक्रमलाई पनि समेटन सकेको भए साधारणसभा अरु प्रभावकारी हुने विषयमा कार्यसमितिलाई सुझाव दिईएको थियो।


हाम्रो पहिचान भनेको भेष भुषा, रहनसहन, भाषा, धर्म, संस्कृति नै हुन त्यसैले यसलाई बचाई राख्न हाम्रा तमू संघ संस्थाहरुले प्रभावकारी कार्यक्रमहरु ल्याउनु पर्ने विषयमा पनि जोड दिइएको थियो। यसरी मन्तव्य राख्नु हुने व्यक्तिहरुमा प्रमुख अतिथि तथा निदेर्शक सल्लाहकार बुधबल तमू, विशेष अतिथि तथा संस्थापक अध्यक्ष राम तमू, सल्लाहकार तथा एनआरएनए एनसीसी कतारका अध्यक्ष अमृत तमू, तमू पे ता“ ल्हु ता“ समितिका अध्यक्ष रसबहादुर (शिव) तमू, तमू पे ता“ ल्हु ता“ समितिका कोषाध्यक्ष चन्द्रपकास तमू, तमू खेलकुद समितिका अध्यक्ष मदन तमू, तमू सांस्कृतिक परिवारका कार्यवाहक अध्यक्ष बिरु तमू, पुर्वाञ्चल सम्पर्क समितिका सचिव हरिकाजि तमू, पश्चिमाञ्चल सम्पर्क समितिका संयोजक आशबहादुर तमू (गोर्खा) महिला विभागका संयोजक र सहसंयोजक क्रमशः टौमाया तमूस्यो र कल्पना तमूस्यो आदि थिए । तमू पे ता“ ल्हु ता“ समितिका सचिव कैलाशपति तमूले तमू जातिको पहिचान र ईतिहास समेटिएको कविता वाचन गरेर कार्यक्रममा छुटटै स्वाद पस्केका थिए।

शाखा समितिहरु पुनरगठनः
तमू समाजको संरक्षकत्वमा स्थापित तमू सांस्कृतिक परिवार र पश्चिमाञ्चल सम्पर्क समितिको मौजुदा कार्यसमितिलाई यस साधारणसभाबाट विघटन गरि पुनरगठन गरिएको छ । पुनरगठीत नया“ कार्यसमितिको नामावली अध्यक्ष बिमल तमूले गरेको घोषणालाई सर्वसम्मत रुपमा पारित गरिएको थियो । यसरी पुनरगठीत नया“ कार्यसमिति यस प्रकार रहेको जानकारी दिईएको छ । तमू सांस्कृतिक परिवार कतार ः अध्यक्ष आशबहादुर तमू (गोर्खा), उपाध्यक्ष तोरण तमू, सचिव हितमान घले तमू, कोषाध्यक्ष सुर्य तमू र सदस्यहरुमा क्रमशः निनल तमू, रामबहादुर तमू, विल्सन तमू, मोमबहादुर तमू, चेतबहादुर तमू, चोकबहादुर तमू, केशबहादुर तमू, पुर्ण तमू, काजीबहादुर तमू, दिनेश तमू रहेका छन्।

त्यसै गरि पश्चिमाञ्चल सम्पर्क समितिमा संयोजक मिनबहादुर तमू, सहसंयोजक दुर्गा तमू, सचिव पदम लेम तमू, कोषाध्यक्ष रनबहादुर तमू र सदस्यहरुमा क्रमशः, पदमबहादुर तमू, पुष्पराज तमू, तिलबहादुर तमू, फलेन्द तमू, प्रेम तमू, टुबिन्द्र तमू, शिवराज तमू, पशुराम तमू, मेखबहादुर तमू, नवराज तमू छन् । साथै केन्द्रिय समितिमा केही पदहरु रिक्त रहन गएकोले पद पुर्ति समेत गरिएको छ । यसरी पद पुर्तिबाट केन्द्रिय समितिमा आएका सदस्यहरुमा शान तमू, हरिकाजि तमू र मिनबहादुर तमू रहेका छन् । दुई सदस्यहरु थप गरि २३ सदस्यीय कार्यसमिति बनाईएको छ । थप सदस्यहरुमा क्रमशः सुर्य तमू र पमबहादुर तमू छन्।

सम्मान तथा बिदाई कार्यक्रमः
तमू सांस्कृतिक परिवार कतारका अत्यन्त सकृय सदस्य बिरु तमू छिटटै कतार नफर्कने गरि नेपाल जाने भएकोले कदरपत्रद्वारा सम्मान गर्दै विदाई गरिएको छ । साथै भर्खरै सम्पन्न खुल्ला नेपाली लोक दोहोरी गीत प्रतियोगितामा निर्णायकको भुमिका निभाउनु भएका सन्तोश तमूलाई प्रशंसापत्र र मायाँको चिनोबाट बधाई तथा सम्मान गरिएको थियो।

सप्रि ल्होसारलाई सांस्कृतिक महोत्सवको रुपमा मनाउनेः
कार्यक्रमको अन्तमा सहभागिहरुबाट उठाईका प्रश्न र जिज्ञासालाई अध्यक्ष बिमल तमूले प्रष्ट्याएका थिए । तमू समाज कतार सबै कतारवासी तमूहरुको साझा संस्था भएकोले हामी तमूहरुसंग सम्बन्धित विषय यस्तै सभा तथा भेलाहरुमा उठाईनु पर्छ र सहभागिहरुबाट उठाईएको विषयलाई समितिले अत्यन्त सकारात्मक रुपमा लिने बताए । प्रवासमा पनि तमूहरुको संस्कृतिको प्रचार प्रसारका साथै संरक्षण सम्बर्दन गर्नको लागि यस पालीको सप्रि ल्होसारलाई सांस्कृतिक महोत्सवको रुपमा मनाउन लागिएको वारे पनि प्रष्ट पारेका थिए । यस सम्बन्धमा छिटटै विस्तृत कार्यक्रम प्रकाशित गरिने जानकारी पनि गरे । संस्थाले सेवा र सहयोग दिने क्रममा कहि कतै कुनै कमि कम्जोरी भएमो औल्याई दिन आग्रह गर्दै संस्थामा सहयोगको लागि आएका आवेदनहरुलाई सक्दो कुनै विभेद विना कार्यन्वयन गर्ने भर मग्दुर प्रयास गरेको बताएका थिए । सप्रि ल्होसारको अग्रीम शुभकामना व्यक्त गर्दै कतारमा यस पर्वलाई भव्य रुपमा सफल बनाउन कतारवासी तमू दाजुभाई तथा दिदीबहिनीहरुलाई हार्दिक अपिल समेत गरेका छन्।

CLOCK HERE TO VIEW MORE PHOTOS

Join Us:
YouTube: http://www.youtube.com/HKNepal
Facebook: http://alturl.com/uvemh
Twitter: http://alturl.com/ffko4
Google+: http://alturl.com/fsu8b

हामीसंगै रहनको लागिः फेसबुक | ट्विटर | गुगल प्लस
 
 

About the author

More posts by