क्रान्ति सिंह /एचकेनेपाल डट कम-
दोहा कतार, १० डिसेम्बर। गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद, कतारको आठौं नियमित पूर्ण वैठक संघका अध्यक्ष अमृत गुरुङको अध्यक्षतामा शुक्रवार दोहाको एक स्थानीय होटलको सभाकक्षमा सम्पन्न भएकोछ।
संघका महासचिव क्रान्ति सिंंहको संचालनमा सम्पन्न भएको बैठकमा एनआरएनए आईसीसी अन्र्तगत प्रमोशन अफ नेपाल अवोर्ड टास्क फोर्स सल्लाहकार दिल किरण्म खजुम, एनसीसी सल्लाहकारहरु क्रमश बिलबहादुर गुरुङ, बिमल सुवेदी र रामहरी गैह्रे तथा एनसीसी पदाधिकारी र सदस्हरुको उपस्थिति रहेको थियो।
बैठकले संघको गत ३१ अगष्ट २०१२ मा सम्पन्न भएको सातौं नियमित पूर्ण वैठक पश्चात भएका विभिन्न गतिविधिहरु तथा आईसीसीका सर्कूलर हरुको जानकारी गराउदै त्यस अवधिमा ५ वटा सचिवालय वैठकले गरेका निर्णयहरुलाइ सर्वसम्मत अनुमोदन गरेको छ।
गत नोभेम्वर १२ तारिख २०१२ का दिन प्रवासी नेपाली कोअर्डिनेशन कमिटिको सहजिकरणमा यूएन अन्र्तगतको आईएनजीओ ग्लोवल फोरम माईग्रेण्ट फर डिभलप्मेण्ट को आयोजना र नेपाल सरकारमा वैदेशिक रोजगार संग सम्वन्धित कार्यालयका उच्च पदाधिकारीहरुको समूपस्थितीमा वैदेशिक रोजगारीमा रहेका विद्यमान साझा समस्याहरुको वारेमा काठमाण्डौमा भएको वृहत अन्र्तकृया कार्यक्रममा एनआरएनए, एनसीसी कतारको तर्फबाट कार्यपत्र प्रस्तुत गरेको र उक्त कार्यक्रमको औचित्व र सम्भावनाको वारेमा अध्यक्ष अमृत गरुङले उपस्थित सवैमा जानकारी गराएका थिए।
आईसीसीको निर्देशन तथा ५ औं विश्व सम्मेलनको घोषणा पत्रमा जारी प्रतिवद्धता अनुरुप प्रत्येक एनसीसीहरुले एक कार्यकालमा नोपलमा कम्तिमा पनि एक कल्याणकारी गर्नु पर्ने अनिवार्य मान्यता अनुसार एनसीसी कतारले वर्तमान (२०११, २०१३) कार्यकालको लागि नेपालको ५ विकास क्षेत्रमा हालैमात्र सम्पन्न गराएका कल्याणकारी योजनाहरुको वारेमा महा सचिव क्रान्ति सिंहले जानकारी गराएका थिए।
विगतमा सम्पन्न भएका कार्यक्रमहरुको समिक्षाकै क्रममा गत अकक्टोवर ५ तारिखमा संघ संस्था समन्वय उप समितिको आयोजनामा भएको एक दिवसीय गोष्ठी कार्यक्रम दोहाको परिवेशमा नौलो, ऐतिहासिक एवं अत्यन्तै उपलव्धिमूलक भएको ठहर गर्दै उक्त कार्यक्रम सफलता पूर्वक संपन्न गर्न प्रतिनिधित्व गर्नुहुने कतारमा क्रियाशिल नेपाली समूदायहरुका ४१ वटा स्थानीय समाजिक संघ संस्थाहरु प्रति धन्यवाद ज्ञापन प्रस्ताप पारित गरेको छ।
आगामी १४ डिसेम्वर २०१२ मा हुन गईरहेको दोस्रो राष्ट्रिय परिषद् भेलालाई सफलरुपमा सम्पन्न गर्नको लागि आयश्यक तयारीहरुको जानकारी आदान प्रदान गर्दै चुस्त रुपमा संपूर्ण तयारी गर्दे आगाडी वढने निर्णय गरेको छ। दोस्रो राष्ट्रिय परिषद् भेलामा प्रस्तुत गरिने कार्य प्रगती प्रतिवेदन एवं आर्थिक प्रतिवेदनहरुलाई आवश्यक परिमार्जन सहित अनुमोदन गरेको छ। आफ्नो कतार बसाईलाई पुरा गरेर नेपाल फर्कनु भएका कार्यसमिति सदस्य डम्वर अर्जुन रसाईलीको रिक्त स्थानमा पार्षद् गोप सुनारलाई मनोनयन गरेको छ।
एनआरएनए एनसीसी कतारको वार्षिक मुख पत्र दोहा दर्पणको निरन्तरताका लागि ५ औं अंक प्रकाशनको लागि साहित्य तथा प्रकाशन उप समिति संयोजक गणेश प्रसाद बञ्जाडेलाई जिम्मेवारी दिने निर्णय गरेको छ। कतारमा स्थापित सामाजिक संघ संस्थाहरुको सामूहिक प्रतिवद्धता अनुरुप घोषणा भएको ९ वुदे साझा प्रतिवद्धतालाई अनुसरण गर्दे मोरङ सुनसरी सेवा समाज कतारले आफ्नो कार्यसमिति परिवर्तन भएको जानकारी संघलाई लिखित रुपमा औपचारिक जानकारी गराएकोमा धन्यवाद एवं नव गठित कार्यसमितिलाई वधाई ज्ञापन गरेको छ।
नेपालको लोकतान्त्रि आन्दोलनका अगुवा निष्ठावान व्यक्तित्व एवं नेपाली काँग्रेसका नेता स्वर्गिय भिम बहादुर तामाङको दुखद निधनप्रति गहिरो दुख व्यक्त गर्दे दिवगंत आत्माको चीर शान्तिको कामनासहित शोक प्रस्ताप पारित गरेको छ।
अन्त्यमा निकै सौहार्दपूर्ण वातावरण र व्यापक छलफलका साथ वैठक सम्पन्न भएकोमा सवै उपस्थित महानुभावहरुलाई धन्यवाद ज्ञापन गर्दै संघका अध्यक्ष अमृत गुरुङले वैठक समापन भएको जानकारी गराएका थिए।
Join Us:
YouTube: http://www.youtube.com/HKNepal
Like Facebook Fan Page: http://alturl.com/uvemh
Twitter: http://alturl.com/ffko4
Google+: http://alturl.com/fsu8b