एचकेनेपाल डट कम संवाददाता-
काठमाडौ, २५ मंसिर। राष्ट्रिय जनशक्ति पार्टीका अध्यक्ष एवम पूर्व प्रधानमन्त्री सूर्यबहादुर थापाले बर्तमान सरकारको अन्त्य निश्चित भएको भन्दै परिस्थितिले बर्तमान सरकारको बर्हिगमन गराउने दावी गरेका छन्।
रिपोर्टर्स क्लबले सुरु गरेको ‘रिपोर्टर्स क्लब नेपालको अभियान, तत्काल राष्ट्रिय सहमतिको सरकार’ अभियान अन्र्तगतको विशेष साक्षात्कारमा उनले भने– खोला थुनेर धेरै दिन राख्न सकिन्न।
च्यानलाईज गरेर पानीलाई निकास नदिने हो भने त्यसले बाँध फुटाएर आफै निकास निकाल्छ। त्यो बेला ठूलो क्षती हुने निश्चित छ।
थापाले थपे– गतिशिल राजनीतिलाई पनि बाबुराम र प्रचण्डले थुनेर राखेका छन्। यसको परिणाम पनि खोला थुनेर राख्नु जस्तै हुन्छ।
प्रमुख दलहरुवीचको सम्बन्ध बिग्रिए मुलुकको अवस्था पनि विग्रिने भन्दै उनले अहिले पहिला दलहरुवीच भएको सहमति कार्यान्वयन गर्दै नेपाली काग्रेसका सभापति सुशिल कोइरालाको नेतृत्वम सहमतिको सरकार बनाएर अघि बढ्नु पर्ने धारणा राखे। थापाले भने–पहिला पाँच बुँदे तमसुकमा सबैले हस्ताक्षर गरेकै हुन्। अहिले त्यसलाई होईन भन्न पाईदैन। सहमति कार्यान्वयन गरेर अघि बढ्नु पर्छ। लेनदेनको तमसुक भएको भए अहिलेसम्म अदालतमा मुद्दा चलेर छिनोफानो भईसक्दथ्यो।
अनन्तकालसम्म मुलुक यथास्थितिमा रहन नसक्ने ठोकुवा गर्दै अध्यक्ष थापाले प्रधानमन्त्री र माओवादी अध्यक्ष प्रचण्डलाई बुद्धि दिन पशुपति नाथसँग कामना गरे।
माओवादीको अर्घेल्याई र सर्तमाथि सर्त थोपर्ने प्रबृत्तिनै सहमतिको बाधक बनेको दावी गर्दै उनले राष्ट्रपतिले दिएको समयसीमा भित्र सहमति बन्न नसक्ने ठोकुवा गरे। थापाले भने–सहमति अपेक्षा गरौ तर माओवादीको कारणले नै सहमति बन्न सक्दैन। प्रधानमन्त्रीले पनि ढिट गरिरहेका छन् यो उनैलागि अशोभनीय हो।
अहिलेको राजनीतिक गतिरोधको निकास निर्वाचन नै भएको उल्लेख गर्दै उनले केही दिन भित्र सहमति हुन नसके निर्वाचन हुन नसक्ने र मुलुक झनै दुर्घटना तिर जाने चेतावनी दिए।
अध्यक्ष थापाले सहमतिको ढोकामा धेरै ताल्चा लागेकोले प्रमुख दलले खोलेरमात्रै अरुले ताला नखुल्ने भन्दै अहिले ताल्चा खोल्न कोहि पनि तयार नदेखिएको बताए।
Join Us:
YouTube: http://www.youtube.com/HKNepal
Like Facebook Fan Page: http://alturl.com/uvemh
Twitter: http://alturl.com/ffko4
Google+: http://alturl.com/fsu8b