Namaste ! Welcome to HKNepal.com | एचकेनेपाल डट कम, हङकङ | First Nepali Internet Magazine in Hong Kong

दल र नेताहरुलाई बहिस्कार गरौंः उपराष्ट्रपति

एचकेनेपाल डट कम संवाददाता
काठमाडौ, २४ मंसिर । उपराष्ट्रपति परमानन्द झाले मुलुकको निकासको लागि राष्ट्रपतिलाई थप कदम चाल्न नेपाली जनता जागेर ब्याक सपोर्ट गर्नु पर्ने आवश्यकता औल्याएका छन्।

रिपोर्टर्स क्लबले सुरु गरेको ‘रिपोर्टर्स क्लब नेपालको अभियान, तत्काल राष्ट्रिय सहमतिको सरकार ’ अभियान अन्र्तगतको विशेष साक्षात्कारमा उनले भने–अहिले नै राष्ट्रपतिले थप केही गर्न सक्ने अवस्था छैन । राष्ट्रपतिले जे गर्न सक्नु हुन्थ्यो त्यो उहाँले गरिरहनु भएको छ । अब गाँउ गाँउबाट जनता जागेर राष्ट्रपतिलाई निकासको लागि थप कदम चाल्न ब्याकफोर्सको रुपमा काम गर्नु पर्छ।

उपराष्ट्रपति झाले राष्ट्रपतिले केही गर्न सकेनन भनेर अहिले नै भन्ने अवस्था नआएको भन्दै जनताले समर्थन गर्दा पनि नगरे मात्रै आलोचना गर्न सकिने चज्लै अहिले नेपाली जनता र नागरिक समाजले गाँउ गाँउबाट ब्याक फोर्स दिनु पर्छ।

निकासको लागि राष्ट्रपतिले सामथ्र्य लगाए पनि त्यसले अन्तरिम संविधानको धारा ३८ को १ भन्दा अघि बढ्न नसक्ने अवस्था भए पनि राष्ट्रपतिको कदमले दलहरलाई एकै ठाँउमा बस्ने बातावरण भने निर्माण गरेको दावी गरे।

उनले सर्वोच्च अदालतले अब राष्ट्रपतिको संविधानको संरक्षक र पालकको रुपमा गरेको ब्याख्या गरेर त्यसभित्र के के पर्छ भनेर स्पष्ट पार्नु पर्ने अवस्था आएको भन्दै त्यसको दलै पिच्छेको अलग अलग ब्याख्या हुँदा मुलुक झनै अन्यौलतामा फस्दै गएको टिप्पणी गरे । झाले भने–संरक्षक र पालक भित्र के के पर्छ भनेर सर्वोच्चले ब्याख्या गर्यो भने सबैको मुखमा बुझो लाग्छ।

पछिल्लो समयमा नेताहरुको अवस्था पनि उदाङगिदै गएको दावी गर्दै उनले नेपाली जनताले भोट दिएर बनाएका नेताहरुले जनताको भन्दा पनि नेताको मात्रै नेपाल बनाएकोले समस्या आएको आरोप लगाए। उनले भने–नेताहरुको सोचमा परिवर्तन आउनु पर्छ । अहिले घाटी घाटी सम्म पानी पुगेको छ। जनताले सहि रहेका छन् । अब नाक मुख नै डुबेपछि बच्न जनताले पनि हात खुट्टा चलाउन सक्छ। त्यसबेला कठिन हुन्छ नेताहरुको लागि।

उपराष्ट्रपति झाले राजनीतिक दलका नेताहरुलाई बहिस्कार गर्न पत्रकारहरुलाई आब्हान गर्दै पत्रकारले विहान, दिउँसो र बेलुका बोली फेर्ने नेताहरुलाई महत्व दिएकोले नै समस्या झनै गाँठो पदै गएको आरोप लगाए।

उनले भने–तपाईहरु राजनीतिक दलका नेताहरुलाई ईम्पोर्टटेन्ट नदिनुस। पत्रपत्रिका १५ दिन सम्म उनीहरुको कुरा नछापेर प्रोटेष्ट गर्नुस्।

कुन कुन दलको कुन कुन अडानका कारण सहमति हुन नसकेको हो भन्ने कुरा छर्लङ भइसकेको भन्दै दलहरुको अडानको समेत एउटा निश्चित सीमा हुने चेतावनी दिए । उनले भने–दलहरुको दलहरुको ब्यवहारले पराकाष्टा नाघिसक्यो । अब धेरै दिन ढाक छोप गरेर केही पनि छुप्ने वाला छैन।

सरकारले ल्याएका राजनीतिक प्रकृतिका कुनै पनि विद्येयक राष्ट्रपतिले स्विकार गर्न नहुने स्पष्ट पार्दै उपराष्ट्रपति झाले सविधानको धारा १५८ धेरै पटक प्रयोग गर्न नहुने भएकोले राष्ट्रपतिले सबै विषय प्याकेजमै सहमति गरेर ल्याउन भनेको बताए।

उनले भने– संबैधानिक नियूक्तीको लागि संविधानको धारा १५८ कति पटक प्रयोग गर्ने, त्यो उचित हुँदैन । राष्ट्रपतिले मुलुकलाई गंभिर असर पार्ने बाहेकका कुनै पनि अध्यादेश स्वीकार गर्नु उचित हुँदैन। उहाँले त्यसै अनुरुप गरिरहनु भएको छ।

Join Us:
YouTube: http://www.youtube.com/HKNepal
Like Facebook Fan Page: http://alturl.com/uvemh
Twitter: http://alturl.com/ffko4
Google+: http://alturl.com/fsu8b

हामीसंगै रहनको लागिः फेसबुक | ट्विटर | गुगल प्लस
 
 

About the author

More posts by