Namaste ! Welcome to HKNepal.com | एचकेनेपाल डट कम, हङकङ | First Nepali Internet Magazine in Hong Kong

मोडनाइज एकेडेमी लगातार तेस्रोपटक च्याम्पियन

एचकेनेपाल डट कम संवाददाता-
पोखरा, २३ मंसिर। कास्की मोडनाइज एकेडेमी पोखरामा सञ्चालित एन–प्याब्सन स्पोर्टस् मिटको लगातार तेस्रोपटक च्याम्पियन बनेको छ।

नेशनल प्याब्सन कास्कीको आयोजनामा सञ्चालित नवौं एन–प्याब्सन स्पोर्टस् मिटसहित लगातार तीपटक च्याम्पियन बनेपछि पहिलोपटक रनिङशिल्ड सधैँको लागि आफ्नो बनाउन सफल भएको छ। एन–प्याब्सन कास्कीको यो नवौं संसकरण भए पनि तीन वर्षदेखि रनिङशिल्डको सुरुवात गरेको थियो।

कास्की मोडनाइज एकेडेमीले एथलेटिक्समा ९१ अंकसहित समग्रमा २१ अंक प्राप्त गर्दै च्याम्पियन बनेको हो। कार्यक्रमका प्रमुख अतिथि पश्चिमाञ्चल क्षेत्रीय शिक्षा निर्देशनालयका निर्देशक विष्णुबहादुर द्वारे र एन–प्याब्सन कास्कीका अध्यक्ष रामप्रसाद शर्माले विद्यालयका संस्थापक एवं प्रिन्सिपल रामबहादुर मोची र खेलकुद शिक्षक चुननारायण श्रेष्ठलाई रनिङशिल्ड हस्तान्तरण गरेका थिए।

छात्र भलिबलतर्फको फाइनल खेलमा भने सिद्धार्थ लवडेल स्कुल प्रथम, कान्तिपुर एकेडेमी द्वितीय र राइजिङस्टार एकेडेमी तृतीय भए। यस्तै छात्रातर्फ चिल्ड्रेन्स एकेडेमी प्रथम, न्यू ग्यालेक्सी उमावि द्वितीय र कास्की मोडनाइज एकेडेमी तृतीय भए।

शनिबार भएको १००ह४ रिले सिनियर छात्रातर्फ कास्की मोडनाइज एकेडेमी प्रथम, कान्तिपुर एकेडेमी द्वितीय र हेमजा बोर्डिङ स्कुल तृतीय भए। सिनियर छात्रतर्फ कास्की मोडनाइज एकेडेमी प्रथम, एलपी देवकोटा मेमोरियल स्कुल द्वितीय र ओम एकेडेमी तृतीय भए। १००ह४ रिले जुनियर छात्रातर्फहेमजा बोर्डिङ स्कुल प्रथम, युनिभर्स बोर्डिङ स्कुल द्वितीय र एलपी देवकोटा तृतीय भए। छात्रतर्फ कास्की मोडनाइज एकेडेमी प्रथम, ओम एकेडेमी द्वितीय र एलपी देवकोटा तृतीय भए।

एक सय मिटर जुनियर छात्रा दौड १४ः७१ सेकेण्डमा पूरा गर्दै युनिभर्स बोर्डिङ स्कुलका प्रतिमा ओझा प्रथम, १५ः२५ सेकेण्डमा पार गर्दै मर्निङग्लोरी उकेडेमीका सम्झाना अधिकारी द्वितीय र १५ः४९ सेकेण्डमा पार गर्दै डायमण्ड मोडल स्कुलका बिनु गुरुङ तृतीय भए। छात्रतर्फ १२ः६१ सेकेण्डमा पार गर्दै युनिभर्सका सुजित गुरुङ प्रथम, १२ः७९ सेकेण्डमा पार गर्दै एलपी देवकोटाका शरण भट्टराई द्वितीय र १२ः९० सेकेण्डमा पार गर्दै हेमजा बोर्डिङका शिवकुमार पुन तृतीय भए।

Join Us:
YouTube: http://www.youtube.com/HKNepal
Like Facebook Fan Page: http://alturl.com/uvemh
Twitter: http://alturl.com/ffko4
Google+: http://alturl.com/fsu8b

हामीसंगै रहनको लागिः फेसबुक | ट्विटर | गुगल प्लस
 
 

About the author

More posts by