एचकेनेपाल डट कम संवाददाता-
काठमाडौ, २२ मंसिर । भ्रष्टाचार र अश्लिल क्रियाकलाप गरेर निकालिएका ब्यक्तिहरुले यौनिक तथा लैंगिक अल्पसंख्यकहरुको अधिकारको लागि १२ वर्ष देखि लड्दै आएको नील हीरा समाजको बदनाम गर्दै हिडेको प्रति सरोकारबालाहरुले आपत्ति प्रकट गरेका छन्।
नील हीरा समाजका तर्फबाट सरोकारवाला यौनिक तथा लैंगिक अल्पसंख्यकहरुले शुक्रवार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलनको आयोजना गरेर आफूहरुको अधिकार स्थापित गर्न निरन्तर संघर्ष गरिरहेको संस्थालाई बदनाम गर्दै संगठनबाट भ्रष्टाचार र अश्लिलताको आरोपमा निकालिएकाहरुले अधिकारको अभियानलाई बदनाम गरेको आरोप लगाए।
पत्रकार सम्मेलनमा बोल्दै नील हीरा समाजकी अध्यक्ष पिंकी गुरुङले संगठनमा भ्रष्टाचार गरेको प्रमाणित भएपछि निकालिएका केही ब्यक्तिहरुले अधिकार प्राप्तिको आफूहरुको आन्दोनलनलाई कमजोर बनाउने र आफूहरुलाई अधिकार विहीन षडयन्त्र गरेको भन्दै त्यस्तो भ्रममा नपर्न आग्रह गरिन्।
सञ्चारमाध्यमहरुमा संगठनमा ब्यापक भ्रष्टाचार भएको, संगठनका निर्देशक एवम पूर्व सभासद सुनीलबाबु पन्तले कार्यालयमै बलात्कार गरेको जस्ता समाचारहरु आएको प्रति लक्षित गर्दै विगत लामो समयदेखि आफू संगठनको अध्यक्ष पदमा रहँदै आएकोले त्यस्तो केही नभएकोले आशंका लागे सबै हिसावकिताव देखाउन आफूहरु तयार रहेको स्पष्ट परिन्।
पहिलो पटक तेस्रो लिङगीको परिचयसहितको नागरिकता पाएका विष्णु अधिकारीले नील हीरा समाजकै अभियानका कारण आफूहरुको परिचय स्थापित भएको उल्लेख गर्दै अहिले आफूहरुको नामबाट कमाउन पल्केकाहरुले अधिकार खोस्ने षडयन्त्र गरेको प्रति आक्रोस ब्यक्त गरे।
उनले भने–विगतमा भ्रष्टाचारको आरोपमा निकालिएका बद्री पुन, जमिम शाह र पुनम रोक्का लगायतकाले कोर नेपाल नामक नयाँ संस्था गठन गरेकोले नील हीरा समाजलाई बदनाम गरेर सहयोगीहरुलाई भ्रममा पारि आर्थिक लाभ लिन उनीहरुको योजनामा भ्रम छरिएको छ। यसबाट सचेत हुनु पर्छ। उनले आफले सुनील बाबु पन्तको दवावमा नागरिकता लिएको भन्ने प्रचारको खण्डन समेत पत्रकार सम्मेलनमा गरे।
पत्रकार सम्मेलनमा समलिङगी दुर्गा थापा, चन्दा भुसाल, भक्ति शाह, सुमन, भूमिका श्रेष्ठ लगायतकाले पनि आफूहरुको अधिकार प्राप्तीको लडाईलाई नष्ट गर्ने योजनाको हतियार नबनी आफूहरुलाई समाजमा स्थापित गराउन र अधिकार दिलाउन सहयोग गर्न आब्हान गरे।
१२ वर्षअघि स्थापित नील हीरा समाजको अहिले देशका ४० शहरमा कार्यालय र ७ सय ५० जना कर्मचारी रहेका छन्। नेपालमा ४ लाख भन्दा बढी यौनिक र लैंगिक अल्पसंख्यकहरु रहेको तथ्याङक रहेको छ।
Join Us:
YouTube: http://www.youtube.com/HKNepal
Like Facebook Fan Page: http://alturl.com/uvemh
Twitter: http://alturl.com/ffko4
Google+: http://alturl.com/fsu8b