शरद कुमार गौचन /एचकेनेपाल डट कम-
टोक्यो, ६ डिसेम्बर । थकाली सेवा समिति जापानद्वारा आयोजित प्रथम मैत्रीपूर्ण भलिबल प्रतियोगिता ऐतिहासिक तथा सफलता पूर्वक सम्पन्न भएको छ।
प्रतियोगितामा अन्तिम प्रतिस्पर्धाको लागि म्याग्देली संजाल जापानलाई ३-० ले परास्त गरी गल्कोट समाज जापानले बिजयी गरेको हो। थसेस जापान जापानद्वारा आयोजित बहुप्रतिक्षित भलिबल प्रतियोगिता टोक्योको नाकानोस्थित सागिनोमिया आरिना स्टेडियममा गत आइतवार सम्पन्न भएको थियो।
जापानमा पहिलो पटक आयोजित मैत्रीपूर्ण भलिबल प्रतियोगिताको प्रमुख अतिथिमा जापानका लागि नेपाली राजदूत डा. मदनकुमार भट्टराई र बिशेष अतिथि टोक्यो भलिबल एसोसिएसनका अध्यक्ष ईचिकावा मिनोरु तथा एनआरएनका कोषाध्यक्ष भवन भट्टको उपस्थिति रहेको यस प्रतियोगितामा जापानबासी नेपाली समुदायको प्रतिनिधित्व गर्दै १० टिमले भाग लिएका थिए।
प्रारम्भमा थकाली पोशाकमा नकनचोलोमा सजिएका महिलाहरुद्वारा थकालीहरुको चार देवता र प्रमुख अतिथिलाई पुजापाठ (केल्च्याङ) तथा खेलाडीहरुमार्फत मार्चपास एवं राष्ट्रिगानबाट शुरु गरिएको प्रतियोगितामा खेलाडी, अतिथि र दर्शकलाई थसेस जापानका अध्यक्ष शरद कुमार गौचनले हार्दिक स्वागत गर्दै कार्यक्रमको बिषयमा प्रकाश पार्नुभएको थियो। त्यसैगरी, प्रमुख अतिथि राजदूत डा. भट्टराईले शुभकामना मन्तब्य दिएपछि बल हानेर खेलको उदघाट्न गर्नु भएको थियो।
प्रतियोगितामा दूतावासका उपनियोग प्रमुख तापस अधिकारी, एनआरएन जापानका अध्यक्ष ओम गुरुङ, नेपाल आदीबासी जनजाती महासंघ जापानका अध्यक्ष ध्रुब भट्टचन, नेपाल पत्रकार महासंघ जापानका अध्यक्ष तिलक मल्ल, नेपाल मगर संघ जापानका अध्यक्ष शैलेन्द्र थापा मगर, आईएनसीजेका अध्यक्ष अर्जुन अधिकारी, गुल्मेली समाजका अध्यक्ष शालिकराम भण्डारी, म्याग्देली संजाल जापानका अध्यक्ष महेन्द्र खडका, तमु धीं जापानका अध्यक्ष हर्क गुरुङ, नेपाली जनप्रगतीशिल मोर्चाका अध्यक्ष बेलु थापा, जापान नेपाल मैत्री तथा साँस्कृतिक संघका अध्यक्ष बिनोद शेरचन, गल्कोट समाज जापानका उपाध्यक्ष नरबहादुर थापा, वुई फर अलका अध्यक्ष सरोज खत्री, वामी सेवा समितिका अध्यक्ष सुरेश केसी, नेपाल जापान युथ क्लवका अध्यक्ष तासि लामा, नेपाली संगित संस्थाका अध्यक्ष युको ओकामोतो, लमजुंग समाज जापानका अध्यक्ष ऋतुकुमार दुरालगायतका संघसंस्थाका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो।
बिजयी टिम गल्कोट समाज जापानलाई नेपाल आदिबासी जनजाति महासंघका अध्यक्ष ध्रुब भट्टचनले कप, प्रशंसा पत्र तथा मेडल पुरस्कार प्रदान गर्नुभएको थियो भने द्वितीय हुने म्याग्देली सञ्जाल जापानको टिमलाई नेपाल पत्रकार महासंघ जापानका अध्यक्ष तिलक मल्लले कप, प्रशंसा पत्र र मेडल पुरस्कार बितरण गर्नु भएको थियो। त्यसैगरी, सर्वोकृष्ट खेलाडी गोल्डेन नेपाल युथ क्लबका भिक्टर ताडामगरलाई नेपाल मगर संघ जापानका अध्यक्ष सैलेन्द्र थापा मगरले ट्रफि र प्रशंसा पत्र प्रदान गर्नु भएको थियो। साथै अन्य सहभागी ८ टिमलाई पनि अतिथिहरुले प्रशंसा पत्र र पुरस्कार प्रदान गरेका थिए।
प्रथम हुने टिम गल्कोट समाजका टिम क्याप्टेन हिरा शेरचन र द्वितीय हुने म्याग्देली संञ्जालका टिम क्याप्टेन प्रकाश तुलाचनलाई आयोजकको तर्फबाट अध्यक्ष शरद कुमार गौचनले नगद पुरस्कार तथा खादार्पणसहित क्रमशः १ लाख २० हजार एन र ६० हजार एन हस्तान्तरण गर्दै दर्शक, खेलाडी, रेफ़्री, अतिथि एवं सहयोगी सबैलाई हार्दिक धन्यबाद ब्यक्त गर्नुभएको थियो।
यसैगरी, खेलकुद संयोजक लेलिन भट्टचनले प्रत्यक्ष प्रसारण गरिरहेको मेडियासंग संक्षिप्त कुरा गर्दै स्वस्थ्य र अनुशासित जीवनका लागि खेलकुद अत्यन्त महत्वपूर्ण भएको भए पनि जापानमा सांगीतिक लगायत अन्य कार्यक्रमहरु बराबर हुने गरिएको भए पनि खेलकुद क्षेत्रलाई त्यति ध्यान नदिएको अवस्थामा थसेस जापानले भलिबल प्रतियोगिताको आय़ोजना गरेर एउटा नौलो र उपयोगी कार्यक्रमको थालनी गरेको बताउंदै यसलाई निरन्तरता प्रदान गरिने बिचार ब्यक्त गर्नुभयो। कार्यक्रममा सबैको अनुशासित र उत्साहजनक सहभागिता एवं सहयोग रह्यो आय़ोजको तर्फ़बाट सबैलाई धन्यबाद ब्यक्त गर्न चाहान्छु’ संयोजक भट्टचनले भन्नुभयो।
CLICK HERE TO VIEW MORE PHOTOS
Join Us:
YouTube: http://www.youtube.com/HKNepal
Like Facebook Fan Page: http://alturl.com/uvemh
Twitter: http://alturl.com/ffko4
Google+: http://alturl.com/fsu8b