Namaste ! Welcome to HKNepal.com | एचकेनेपाल डट कम, हङकङ | First Nepali Internet Magazine in Hong Kong

समायोजनमा सहायक रथी हाम्रो बटमलाईन होइनः प्रधानमन्त्री

एचकेनेपाल डट कम संवाददाता –
काठमाडौ, २० फागुण । प्रधानमन्त्री डा बाबुराम भट्टराईले सेना समायोजनमा ब्रिगेडियर जनरल पाउनु पर्ने विषय माओवादीको बटम लाईन नभएको स्पष्ट पारेका छन्।

शान्तिप्रक्रिया निष्कर्समा पुर्याउँदै लोकतान्त्रिक संविधान निर्माणको लागि दलहरुलाई दवाव दिन रिपोर्टर्स क्लब नेपालले सुरु गरेको अभियान अर्न्तगत अध्यक्ष ऋषि धमलाको नेतृत्वमा गएको पत्रकारहरुको टोलीसँगको कुराकानीमा प्रधानमन्त्रीले सेना समायोजन सात बुँदे सहमति अनुसार आगडि बढाउन आफूहरु तयार रहेको बताए।

उनले भने- आंशिक सत्यलाई बढाई चढाई दर्जाको कुरालाई प्रस्तुत गर्ने काम भएको छ। विग्रेडियर जनरल हाम्रो बटम लाईन होइन। यसकै कारणले शान्ति प्रक्रिया रोकिदैन।

चार बर्षमा अगाडि बढ्न नसकेको शान्ति प्रक्रिया आफ्नो पालामा उल्लेख्य रुपमा अगाडि बढेको दावी गर्दै प्रधानमन्त्रीले समायोनको विषयमा एक दुइ वटा प्राविधिक कुरा मिल्ने वित्तिकै शान्ति प्रक्रिया टुङ्गिने ठोकुवा गरे।

उनले शान्ति, संविधान र सहमतिको सरकार एक अर्कासँग सम्बन्धी विषय भएको भन्दै समायोजनको प्रक्रिया टुङ्गिएपछि निर्माण हुने विश्वासको बातावरणपछि सहमतिको सरकार गठन हुने दावी गरे। सहमतिको सरकार नबने सहमति कार्यान्वयन र शान्ति संविधान निर्माणको कार्य अल्मिलिने भन्दै सक्रमणकाल भरी सहमतिको सरकार हुनै पर्नेमा जोड दिए।

यद्यपि, उनले माओवादी सबैभन्दा ठूलो दल र शान्ति प्रक्रियाको प्रमुख हिस्सा भएकोले उसकै नेतृत्वमा सहमतिको सरकार बन्दा शान्ति र संविधान निर्माणको कार्य सहज हुने दावी गरे। प्रधानमन्त्रीले भने-यो कुरा अन्य दलले पनि बुझेका छन्।

दलहरु जिम्मेवार भएर प्रस्तुत भए एक दुइ हप्ताभित्रमै शान्ति प्रक्रिया टुङ्गिने विश्वास ब्यक्त गर्दै प्रधानमन्त्रीले सहमतिको सकारात्मक प्रयास भईरहेकोले छिट्टै निष्कर्ष निष्कने बताए। नेतृत्वमा सबैले दावी गरे सहमतिको सरकार बन्न नसक्ने भन्दै शान्ति र संविधानलाई केन्द्रमा राखेर खोजिए सहमति निस्कने बताएर नेतृत्वमा आफ्नो दावी नरहेको संकेत प्रधानमन्त्रीले गरे।

हामीसंगै रहनको लागिः फेसबुक | ट्विटर | गुगल प्लस
 
 

About the author

More posts by