एचकेनेपाल डट कम संवाददाता
काठमाडौ, २१ मंसिर । नेपाल हेर्ने गैरआवासीय पोल्याण्डका राजदूत पियोटर क्लोडकोस्कीले नेपालको जलविद्युत विकास र खाद्य प्रसोधनको क्षेत्रमा पोल्याण्डको लगानीको प्रयाप्त सम्भावना भएको बताएका छन्।
रिपोर्टर्स क्लब नेपालले विहीबार आयोजना गरेको साक्षात्कारमा उनले जलविद्युतको विकास र खाद्य प्रसोधनको क्षेत्रमा पोल्याण्डको राम्रो अनुभव भएको उल्लेख गर्दै लगानीको बातावरण बने ती क्षेत्रमा लगानीको प्रयाप्त सम्भावना भएको बताए।
साक्षात्कारमा उनले संस्कृति र मनोरञ्जन र विश्वविद्यालय शिक्षामा सहकार्य मार्फत नेपाल र पोल्याण्डको सम्बन्धलाई अझै प्रगाढ बनाउन सकिने भन्दै राजदूत क्लोडकोस्कीले यसको लागि शैक्षिक र संस्कृति आदान प्रदानलाई तिब्रता दिनु पर्ने धारणा राखे।
नेपालको पर्यटन प्रर्वद्धनमा पोल्याण्डको भूमिका महत्वपूर्ण हुन सक्ने भन्दै त्यसको लागि नेपालमा राजनीतिक स्थायीत्व र पोल्याण्डमा नेपाल चिनाउने साँस्कृतिक कार्यक्रमको आयोजनको आवश्यकतामा जोड दिए।
उनले भने–अहिलेसम्म १० हजार भन्दा कम पोलिस पर्यटक नेपाल आउँछन्। नेपालमा जोखिम छ भन्ने अपवाह छ। यहाँ राजनीतिक स्थायीत्व हुनु पर्यो त्यसपछि यो क्षेत्रलाई समेत अघि बढाउन सकिन्छ।
नेपालले पोल्याण्डको संक्रमणलाई रुपान्तरण गर्ने शैलीबाट यहाँको संक्रमणलाई समेत राजनीतिक स्थायीत्वमा रुपान्तरण गर्न शिक्षा लिन सक्ने विश्वास ब्यक्त गर्दै राजदुतले नेपाललाई सहयोग गर्न पोल्याण्ड सकारात्मक रहेको बताए।
नेपाल आफ्नो मुटुका अत्यन्तै नजिक रहेको उल्लेख गर्दै सम्बन्ध विस्तार गरे नेपालको हिमाल क्षेत्र, भौगोलिक र बातावरणीय विषयमा त्यहाँका विद्यार्थीहरु विद्यावारिधी गर्न प्रयाप्त आउने विश्वास ब्यक्त गरे। उनले पोल्याण्डले अहिले पनि नेपालको बेकरीमा लगानी गरिहेको उल्लेख गर्दै लगानीका क्षेत्र विस्तारमा सोच्नु पर्ने बताए।
साक्षात्कारमा पोल्याण्डका लागि अबैतनिक महाबाणिज्यदूत लोकमान्य गोल्छाले चिनको बजार नउँदाउदासम्म नेपाल र पोल्याण्डवीचको ब्यापार ठूलो हुने गरेको उल्लेख गर्दै पछिल्लो समयमा कम भएकोमा चिन्ता प्रकट गरे। उनका अनुसार नेपालबाट जुट पठाएर अन्य सामग्रिहरु बस्तु विनिमय प्रणाली अन्र्तगत विगतमा नेपाल ल्याउने गरिएको थियो।
पोलिस ईन्स्टीच्यूट अफ नयाँ दिल्लीकी डाईरेक्टर अन्ना ट्रिक ब्रोम्ले पनि नेपाल पोल्याण्डाको सम्बन्धको विषयमा धारणा राखेकी थिईन्। पोल्याण्डका राजदूत नयाँ दिल्लीमा बसेर बंगलादेश, श्रीलंका, पाकिस्तान र नेपाल हेर्ने गर्दछन्।
Join Us:
YouTube: http://www.youtube.com/HKNepal
Like Facebook Fan Page: http://alturl.com/uvemh
Twitter: http://alturl.com/ffko4
Google+: http://alturl.com/fsu8b