राजेश रुम्बा लामा ‘अतृप्त’ / एचकेनेपाल डट कम –
दोहा कतार, मंसिर २० । बैदेशिक रोजगारको लागि कुवैत पुगेकी मकवानपुर सुकौरा-३ की शान्तिमाया दोङको उपचार लागि सहयोग रकम नेपाल पठाइएको छ।
दोहा कतारमा कार्यरत जीरन थुलुङ र राजेश रुम्बा लामाको सकृयतामा उठेको सहयोग रकम १८ हजार २ सय ३९ रुपैयाँ मंगलबार मंसिर १९ गते विरामी शान्तिकी बुबा टेकबहादुरको हिमाल बैंकमा रहेको खाता नं. ००६०३१४५४२००१२ मा पठाईको हो। थुलुङ र लामालाई यहाँका सहयोगी हातहरुले साथ दिएका थिए।
स्मरण रहोस, थुलुङ र लामाको पहलमा केही समयअघि पनि सोही एकाउन्टमा धरान निवासी हाल इजराइलमा कार्यरत एनजिलीना गुरुङले दस हजार पठाएका थिए भने सउदीमा कार्यरत जिबीत खड्का मगरको पहलमा सहयोग रकम जम्मा हुने क्रम जारी छ।
करीब सात वर्षअघि अज्ञात दुर्घटनामा परि अचेत (कोमा) अवस्थामा नेपाल फर्किएकी शान्तिको अवस्थामा कुनै सुधार भएको छैन। उनी यतिखेर आफ्नै घरमा जीवन मृत्युको दोसाँधमा युद्धरत छिन्। सात वर्षदेखि युद्धरत उनको उपचारको लागि धेरै नेपाली र केही विदेशीहरुले समेत आ आफ्नो तर्फबाट सहयोग गर्दै आएका छन्।
उनको स्वास्थ्य उपचारमा घरका सदस्यहरुले दिलोज्यान दिए पनि आर्थिक रुपले आशक्त छन्। त्यसैले मन भएर पनि धन नहुदाँ शान्तिलाई गुमाउनु पर्ने अवस्था भने अझै ज्यूँका त्यूँ रहेको छ। यहि अवस्थामा उनलाई आफ्नै चेली ठानेर उनको दुखद परिस्थितिमा केहि मल्हम पट्टी वा केहि राहत होस् भन्दै उनको स्वास्थ्यमा सुधार आओस् भन्ने कामनासहित सहयोग गर्ने हातहरु बढ्ने क्रम जारी छ।
भिडियो हेर्नुहोस्:
Join Us:
YouTube: http://www.youtube.com/HKNepal
Like Facebook Fan Page: http://alturl.com/uvemh
Twitter: http://alturl.com/ffko4
Google+: http://alturl.com/fsu8b