Namaste ! Welcome to HKNepal.com | एचकेनेपाल डट कम, हङकङ | First Nepali Internet Magazine in Hong Kong

राष्ट्रपतिको कदम असंवैधानिक

एचकेनेपाल डट कम संवाददाता-
काठमाडौं, मंसिर २० । नेपाल राजनीतिक मोर्चा (एन.पि.ए.) ले राष्ट्रपति डा. रामवरण यादवले दलीय सहमतिको आधारमा सरकारको नेतृत्व गर्न प्रधानमन्त्रीको नाम सात दिनभित्र दिन माग गरेकोमा चार दललाई मात्र बोलाएर समयसीमा थप गर्नु असंवैधानिक भएको दावी गरेको छ।

बुधवार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गरेर मोर्चाले राष्ट्रपतिले सहमतीय आधारमा प्रधानमन्त्रीको माग गरे बमोजिम नेपाल राजनीतिक मोर्चाको तर्फबाट समय सीमाभित्रै प्रधानमन्त्रीका लागि लायन मुस्कान पौडेलको नाम पेश गरेकोमा मोर्चासँग कुनै परामर्श नगरी चार दललाई बोलाई एक हप्ताको समयसीमा थप्ने अधिकार राष्ट्रपतिलाई नभएको आरोप लगाएको हो।

पत्रकार सम्मेलनमा लायन मुस्कान पौडेलले मोर्चाको तर्फबाट आफ्नो नाम सिफारिस भएकोमा राष्ट्रपतिको कदमले नेपालको अन्तरिम संविधानको अपहेलना, मौलिक अधिकारको हनन र समानताको हक साथै सार्वभौम नेपाली जनताको हकसमेतमा कुठाराघात भएको दावी गरे।

उनले राष्ट्रपतिको असंवैधानिक भएको ठहर गर्दै सर्वोच्च अदालतमा मुद्दा दायर गरेकोमा आज नै पेशी किताबमा चढाउने जानकारी दिए।

Join Us:
YouTube: http://www.youtube.com/HKNepal
Like Facebook Fan Page: http://alturl.com/uvemh
Twitter: http://alturl.com/ffko4
Google+: http://alturl.com/fsu8b

हामीसंगै रहनको लागिः फेसबुक | ट्विटर | गुगल प्लस
 
 

About the author

More posts by