Namaste ! Welcome to HKNepal.com | एचकेनेपाल डट कम, हङकङ | First Nepali Internet Magazine in Hong Kong

जनगणनामा ख्रिष्ट्रियनहरुको अपमान

एचकेनेपाल डट कम संवाददाता-
काठमाडौं, मंसिर २० । राष्ट्रिय ख्रिष्टियन महासंघ नेपालले राष्ट्रिय जनगणता २०६८ ले नियोजित रुपमा ख्रिष्ट्रियनहरुको जनसंख्या १.४ प्रतिशत देखाएकोमा विरोध गर्दै देशभरका २५ लाख ख्रिष्टियनहरुलाई सडकमा उतार्दै शान्ति बाटिकामा अनसन बस्ने चेतावनी दिएको छ।

राष्ट्रिय ख्रिष्टियन महासंघले नेपालमा ख्रिष्ट्रियन मण्डलीहरु ८ हजार ५ सय रहेको र ख्रिष्टियनहरुको कूल संख्या २५ लाख रहेको ठोकुवा गर्दै राष्ट्रिय योजना आयोगले प्रकाशित गरेको तथ्याङ्कले ३ लाख मात्र देखाएकोमा आपत्ति जनाउँदै सुनियोजित रुपमा प्रकाशित गरेको तथ्याङलाई अस्वीकार गर्ने भन्दै आप्mनो हक, अधिकार सुनिश्चित गर्न आन्दोलन गर्ने चेतावनी दिएको हो।

रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै महासंघका अध्यक्ष डा. रेभ सुन्दर थापाले संवैधानिक धार्मिक आयोग, धार्मिक हक सम्बन्धि ऐन, समान गुठीको व्यवस्था, समाधिस्थलको व्यवस्था लगायतका १३ बुँदै माग तत्काल कार्यान्वयन गर्न माग गरे।

महासचिव सीवी गहतराजले भने– राष्ट्रिय योजना आयोगले ख्रिष्टियनहरुको नियतबस अपमान गरेको छ। हामी हाम्रो अधिकारका लागि देशभरका २५ लाख ख्रिष्टियनहरु एक जुट भएर सशक्त आन्दोलनसहित पौष १५ गतेदेखि शान्ति बाटिकामा रिले अनसन बस्ने छौं।

Join Us:
YouTube: http://www.youtube.com/HKNepal
Like Facebook Fan Page: http://alturl.com/uvemh
Twitter: http://alturl.com/ffko4
Google+: http://alturl.com/fsu8b

हामीसंगै रहनको लागिः फेसबुक | ट्विटर | गुगल प्लस
 
 

About the author

More posts by