रविन लिङदेन /एचकेनेपाल डट कम-
हङकङ, ४ डिसेम्वर । आदिवासी जनजातिहरुले नेपालको पछिल्लो राष्ट्रिय जनगणना तथ्याङक २०६८ लाई सोमवार साँझ नेपाली महासंघ हङकङको कार्यालयमा जलाएका छन्।
नेपालको अन्तरिम संविधानले धर्मनिरपेक्ष घोषणा गरिसकेकोलाई ८१ प्रतिशत हिन्दू धर्म मान्ने कपोलकल्पित संख्या देखाएर हिन्दू राज्य वनाउने षडयन्त्र गरेको, आदिवासी जनजातिको पहिचानलाई मेटाउने षडयन्त्र र कुचेष्टा गरेको भन्दै उक्त तथ्याङक जलाएको हो।
तस्विरहरूः रविन लिङदेन र जगतअम्बु गुरूङ /एचकेनेपाल डट कम
तथ्याङक जलाउनुअघि नेपाली महावाणिज्यदूतावास हङकङमार्फत प्रधानमन्त्री डा. बाबुराम भट्टराईलाई नेपाल आदिवासी जनजाती महासंघ हङकङले दिउसो एक ज्ञापनपत्र वुझाएको छ।
आठ वुदे ज्ञापनपत्रमा, गत मंसिर १० गते सार्वजानिक गरेको जनगणनाको परिणाम मिथ्याङ्क, अविश्वसनीय, षडयन्त्रपूर्ण र आदिवासी जनजातिको पहिचान, भाषा, धर्म संस्कृतिलाई समूल नष्ट गर्ने उद्देश्य अनुरुप आएको भन्दै महासंघले गम्भीर असहमति र आपत्ति जनाएको छ।
सरकारको यो तथ्याङकलाई (मिथ्याङ्क) समयमै सच्याउन जनजाति महासंघ हङकङले नेपाल सरकारलाई अनुरोध गरेको छ। नसच्चिएको तथ्याङ्कको परिणामप्रति असहमति व्यक्त गर्दै चरणबद्घ आन्दोलन गर्ने समेत सचेत गराएको छ।
आयोजक आदिवासी जनजाति महासंघ हङकङको अध्यक्ष एम. वी. थापामगरको अध्यक्षतामा भएको “जनगणना तथ्याङक २०६८ जलाउने कार्यक्रम” संचालन सदस्य नरेश सुनुवारले गरेका थिए। आदिवासी जनजाति संयुक्त संघर्ष समितिका संयोजक भक्त वहादुर दुरा, आदिवासी जनजाति पत्रकार महासंघ हङकङका अध्यक्ष भूपेन्द्र चेम्जोङ, आदिवासी जनजाति युवा संघ हङकङका अध्यक्ष विजयप्रकाश लिम्बू अतिथि रहेका थिए।
थप तस्विरहरू हेर्न यहाँ क्लिक गर्नुहोस्
Join Us:
YouTube: http://www.youtube.com/HKNepal
Facebook: http://alturl.com/uvemh
Twitter: http://alturl.com/ffko4
Google+: http://alturl.com/fsu8b
हामीसंगै रहनको लागिः फेसबुक | ट्विटर | गुगल प्लस