Namaste ! Welcome to HKNepal.com | एचकेनेपाल डट कम, हङकङ | First Nepali Internet Magazine in Hong Kong

अनामको सडक नाटक

सन्तोष काफ्ले /एचकेनेपाल डट कम-
धरान, अनाम नाट्य समूह धरानले मुलुकको वर्तमान अवस्थाका सम्बन्धमा व्यङ्ग्यात्मक सडक नाटक प्रदर्शन गरेको छ।

धरानको छाताचोकस्थित प्रदर्शित उक्त नाटकमा अनामका कलाकारहरुले राजनीतिक दलका नेताहरुले व्यक्तिगत स्वार्थका लागि जातीय सद्भाव भड्काएको, सिंगो मुलुकको अस्तित्वलाई धराशायी बनाएको, सत्ता स्वार्थले मुलुकको समपूर्ण क्षेत्र लथांलिग भएकोमा दरो व्यंग्य गरेका थिए।

शदियौदेखि आपसी सद्भाव र भातृत्व प्रदर्शन गरी नेपालीमात्र भएर बाँचेका हामीलाई फुट गराई एक आपसमा लडाउने, भिडाउने दुश्प्रयाश नेताहरुले गरेको भन्दै कलाकारहरुले सडक नाटकमार्फत सन्देश प्रवाह गरेका थिए।

उनीहरुले हामी जुनसुकै जात–जाति, धर्म–सम्प्रदायको भए पनि आपसी सद्भावमा बाँधिएर फुट हैन एक भएर जानुपर्ने काुरामा जोड दिएका थिए।

अनाम नाट्य समूहका सदस्य रमेश शाहका अनुसार हालसम्म यो सडक नाकट मोरङ्ग, सुनसरी, धनकुटा, तेह्रथुम, झापा लगायतका विभिन्न ठाउँमा प्रदर्शन भइरहेको र पहाडी जिल्लाहरु भोजपुर, पाँचथर, ताप्लेजुङ्गमा समेत प्रदर्शनको तयारीमा रहेको छ।


Join Us:
YouTube: http://www.youtube.com/HKNepal
Like Facebook Fan Page: http://alturl.com/uvemh
Twitter: http://alturl.com/ffko4
Google+: http://alturl.com/fsu8b

हामीसंगै रहनको लागिः फेसबुक | ट्विटर | गुगल प्लस
 
 

About the author

More posts by