एचकेनेपाल डट कम संवाददाता-
हङकङ, ओमराज सम्बाहाम्फेको संयोजकत्वमा २३ सदस्यीय संघीय समाजवादी पार्टी नेपाल हङकङ तदर्थ समिति गठन गरिएको छ।
नेकपा एमाले र नेपाली कांग्रेस परित्याग गरेकाहरुको बाहुल्यता रहेको समितिको जिम्मेवारी भने प्रथम बैठकमा बाँडफाँड गरिने बताइएको छ।
हङकङ एकीकृत नेपाली समाजको सभाहलमा सम्पन्न घोषणा कार्यक्रममा अग्रगामी विचार समूहका सदस्य हेजेन राईले नाम घोषणा गरेका थिए। समूहका संयोजक ओमराज सम्बाहाम्फे स्वास्थ्यको कारण अनुपस्थित रहेको जानकारी गराइएको थियो। जानकारी गराइए अनुसार अस्वस्थ सम्बाहाम्फे क्वीन एलिजावेथ अस्पतालमा भर्ना भएका छन्।
समिति घोषणा गर्नुअघि नेपाली कांग्रेस परित्याग गर्नेहरुको विज्ञप्ति शरण सुब्बाले वाचन गरेका थिए। विज्ञप्ति अनुसार कांग्रेस परित्याग गर्नेहरुमा टंक चोङबाङ, राम लि राई, हेमबहादुर तामाङ, हरिराम राई र अरुण राई रहेका छन्।
विज्ञप्तिमा संविधानसभा विघटन हुनुमा नेपाली कांग्रेसको मुख्य भूमिका रहेको आरोप लगाइएको छ। संविधान घोषणा गर्न नसकेकोले नेपालका मूलधारका पार्टीहरु असफल भएको परिप्रेक्ष्यमा नवगठित संघीय समाजवादी पार्टी नेपाल वैकल्पिक राजनैतिक शक्ति रहेको उल्लेख गरिएको छ।
घोषणा कार्यक्रमलाई संयुक्त आदिवासी जनजाति संघर्ष सहयोग समिति हङकङका अध्यक्ष भक्त दुरा र नेपाल आदिवासी जनजाति पत्रकार महासंघका अध्यक्ष भूपेन्द्र चेमजोङले सम्बोधन गरेका थिए। किसन राईको संचालन रहेको कार्यक्रममा प्रदीप किरावाले स्वागत मन्तव्य व्यक्त गरेका थिए।
१. ओमराज सम्बाहाम्फे संयोजक
२. किसन राई सदस्य
३. हेजेन राई ’’
४. भक्त दुरा ’’
५. टंक चोङबाङ ’’
६. राम लि राई ’’
७. शरण सुब्बा ’’
८. इन्द्र वनेम ’’
९. कर्ण गुरुङ ’’
१०. मायादेवी राई ’’
११. इन्द्रसिं राई ’’
१२. नरहाङ राई ’’
१३. मणि किरात बान्तवा ’’
१४. प्रदीप किरावा ’’
१५. प्रेम सुब्बा ’’
१६. नरेश सुनुवार ’’
१७. जीवन पोमू ’’
१८. विजयप्रकाश लिम्बू ’’
१९. तिलक सोमैमगर ’’
२०. ज्ञान राई ’’
२१. गजेन्द्र राई ’’
२२. विष्णु पाख्रिन ’’
२३. सन्तोष लिम्बू ’’
२४. हेमबहादुर तामाङ अध्यक्ष, सल्लाहकार समिति
Join Us:
YouTube: http://www.youtube.com/HKNepal
Facebook: http://alturl.com/uvemh
Twitter: http://alturl.com/ffko4
Google+: http://alturl.com/fsu8b