Namaste ! Welcome to HKNepal.com | एचकेनेपाल डट कम, हङकङ | First Nepali Internet Magazine in Hong Kong

एल्बमको बिक्रीबाट अपाङ्ग विद्यालयलाई सहयोग

सौरभ श्रेष्ठ / एचकेनेपाल डट कम-
काठमाडौं, १७ मंसिर। पुरानो हुँदैन माया बोलको सुपरहिट गीत तथा जुनी जुनी भाग–१ र २ जस्तो सुपरहिट एल्बमका रचनाकार निलम आङबुहाङ राइले साहित्य संगीतसँगै सामाजिक क्षेत्रमा समेत आफूलाई अगाडी ल्याउँदैछिन्।

गएको वर्ष बजारमा आएर १४ औं इमेज अवार्डको सर्वाेत्कृष्ट एल्बमको एवार्डसमेत जित्न सफल उनको एल्बम जुनी–जुनी–२ को बिक्रीबाट उठेको रकमबाट गीतकार निलम आङबुहाङ राइले काठमाडौको जोरपाटीस्थित नेपाल अपाङ्ग संघ खगेन्द्र नवजीवन माध्यमिक विद्यालयलाई एक थान डेस्कटप कम्प्युटर र तीनवटा कम्प्युटर टेवल उपलब्ध गराएकी छिन्।

स्कुलको प्राङ्गणमा आयोजित एक कार्यक्रममा गीतकार राईले स्कुलका प्रधानाध्यापक राघव दवाडीलाई सबै समानहरु हस्तान्तरण गरिन्। आफ्नो सानो सहयोग भएपनि स्कुलका आयोग विद्यार्थीहरुलाई धेरै ठूलो उपहार हुने कुरामा विश्वस्त हुँदै भविष्यमा अझ सहयोग गर्न आफू तत्पर रहने गीतकार नीलमले बताइन्।

१५० जना अपाङ्ग विद्यार्थीहरु अध्ययनरत उक्त विद्यालयका प्रधानाध्यपक दवाडीले सबैको सहयोग पाइरहे विद्यालयमा अध्ययनरत विद्यार्थीको भविष्य उज्जवल हुने कुरामा कुनै दुईमत नरहेको बताए।

Join Us:
YouTube: http://www.youtube.com/HKNepal
Like Facebook Fan Page: http://alturl.com/uvemh
Twitter: http://alturl.com/ffko4
Google+: http://alturl.com/fsu8b

हामीसंगै रहनको लागिः फेसबुक | ट्विटर | गुगल प्लस
 
 

About the author

More posts by