Namaste ! Welcome to HKNepal.com | एचकेनेपाल डट कम, हङकङ | First Nepali Internet Magazine in Hong Kong

सञ्चारकर्मी प्रदीप मेन्याङ्बो सम्मानित

शौरभ श्रेष्ठ / एचकेनेपाल डट कम-
धरान– नगर स्तरीय एड्स समम्वय समिति धरान नगरपालिकाले शनिबार २५ औं विश्व एड्स दिवसको अवसरमा कान्तिपुर दैनिकका संचारकर्मी प्रदीप मेन्याङ्बोलाई सम्मान गरेको छ।

संचारकर्मी मेन्याङ्बो धरानबाट प्रशारण हुदै आएको विजयपुर एफमका संस्थापक सदस्य र हाल सम्पादकको रुपमा पनि कार्यरत छन्।

एचआइभी एड्स संक्रमितहरुको बारेमा सचेतना मुलक समाचारहरु प्रकाशित गरेर सामाजिक क्षेत्रमा योगदान दिएको भन्दै मेन्याङ्बोलाई सम्मान गरेको हो। समाजमा एचआइभी संक्रमितहरु प्रति गरिने दुव्र्यवहार, लान्छना र विभेदका बारेमा समाचार लेखेर उनीहरुलाई सम्मानपूर्वक जिउन प्रेरित गरेकाले मेन्याङ्बोलाई सम्मान गरिएको धरान पोजेटिभ समुहका अध्यक्ष नरेल लाल श्रेष्ठले बताए।

श्रेष्ठले भने, ‘करिव ८ बर्ष अघि विपि कोइराराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा संक्रमितहरुलाई उपचार गर्न चिकित्सक र नर्सहरु हिचकिचाउने गरेपछि पत्रकार मेन्याङ्बोले कान्तिपुरमा संक्रमितमाथि विभेद भएको बारे समाचार लेखेर दवाव दिएपछि प्रतिष्ठानले हामी संक्रमितका लागि एक जना चिकित्सक नै राख्न बाध्य भयो। अहिले समाचारकै प्रभावले हामीले विपि प्रतिष्ठानबाट संक्रमितलाई नियमित उपचार, एन्टीरेट्रो भाइरल, भाइरल लोड मेसिन लगायत उपचार सेवा उपलव्ध भएको छ।’

उनलाई धरान नगरपालिकाका कार्यकारी अधिकृत भोजराज खटिवडा र इलाका प्रहरी कार्यालय धरानका प्रहरी निरिक्षक देविबहादुर फागोले सम्मान गरेका थिए। सम्मान पाएपछि मेन्याङ्बोले भने, ‘आफूले संक्रमितको बारेमा लेखेको समाचारले उनीहरुप्रति अरुले गर्ने व्यवहारमा थोरै भएपनि परिवर्तन आएकोमा खुशी छु। मैले त्यो बेला एउटा सामाजिक घट्ना सम्झेर लेखेको थिएं।’

धरान पोजेटिभ समूह, किरात याक्थुङ चुम्लुङ पुनर्जीवन केन्द्र, सुनौलो विहानी, विश्वास महिला समुह, उदाउदो विहानी समूह, उद्योग बाणिज्य संघ सुनसरी लगायत सुनसरीका १४ संस्थाले संयुक्तरुपमा आयोजना गरेको थियो।

Join Us:
YouTube: http://www.youtube.com/HKNepal
Like Facebook Fan Page: http://alturl.com/uvemh
Twitter: http://alturl.com/ffko4
Google+: http://alturl.com/fsu8b

हामीसंगै रहनको लागिः फेसबुक | ट्विटर | गुगल प्लस
 
 

About the author

More posts by