Namaste ! Welcome to HKNepal.com | एचकेनेपाल डट कम, हङकङ | First Nepali Internet Magazine in Hong Kong

राष्ट्रिय जनगणना पूर्वाग्राही र त्रुटिपूर्णः जनजाति

सन्तोष काफ्ले /एचकेनेपाल डट कम-
धरान, १७ मंसिर। पछिल्लो राष्ट्रिय जनगणना २०६८ प्रति आदिवासी जनजाति महासंघ सुनसरीले आपत्ति जनाएको छ। उनीहरुले २०६८ को जनगणनामा बौद्ध धर्म र आदिवासी जनजातिको पहिचान समाप्त पार्न खोजेको भन्दै आपत्ति जनाएको हो।

यसैबीच, आपत्ति जनाउदै महासघ सुनसरीले आइतवार इलाका प्रशासन कार्यालय धरानमार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र समेत बुझाएको छ।

ज्ञापनपत्र बुझाउदै महासंघका सुनसरी सचिव गजेन्द्र मुखियाले ३० प्रतिशत भएको बुद्ध धर्मको संख्या ९ प्रतिशत, ३० प्रतिशतकै किरातलाई सोही हाराहारीमा देखाएको आरोप लगाए। उनले हिन्दू धर्ममान्ने समुदायको संख्या ८१ प्रतिशत देखाइनु अन्तरिम संविधानको मर्मविपरित धर्मनिरपेक्ष राष्ट्रलाई चुनौति दिदै हिन्दू राष्ट्र बनाउने षड्यन्त्र गरेको आरोप समेत लगाए।

महासघका अध्यक्ष सुजेन्द्र तामाङ्गले यो जनगणनाको तथ्यांकमा पूर्वाग्रही हिसाबले आएकोले यसलाई सच्याउनुपर्ने माग समेत गरे। महासंघले जनगणनाप्रति असहमति जनाउदै यसलाई नसच्याए कडा आन्दोलन गर्ने चेतावनी समेत दिएको छ।

Join Us:
YouTube: http://www.youtube.com/HKNepal
Like Facebook Fan Page: http://alturl.com/uvemh
Twitter: http://alturl.com/ffko4
Google+: http://alturl.com/fsu8b

हामीसंगै रहनको लागिः फेसबुक | ट्विटर | गुगल प्लस
 
 

About the author

More posts by